यस्तो बन्यो सरकारले सय दिनमा गरेका कामको सूची; मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ, असार २० गते । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएको आज सय दिन पूरा भएको छ । सय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका उपलब्धिको विस्तृत विवरण सार्वजनिक गरिएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारका उपलब्धिबारे सञ्चारकर्मीलाई जानकारी गराउनुभएको हो । वर्तमान सरकारले सय दिने विशेष कार्यसूची नै तयार पारेर आफ्ना कामकारबाही अघि बढाएको हो ।
प्रवक्ता मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको उपलब्धि विवरणको पहिलो बुँदामा सङ्घीय मन्त्रालयको सङ्ख्या कटौतीको विषय समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रतिबद्धता पत्रमा उल्लेख भएबमोजिम सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो । उहाँले मन्त्रालयको सङ्ख्या घटाएसँगै वार्षिक करिब २० अर्ब रुपियाँ राज्यकोषमा बचत हुने अनुमान गरिएको जानकारी दिनुभयो ।
यसैगरी, अन्य अनावश्यक प्रशासनिक संरचनाहरूको खारेजी र समायोजनमार्फत खर्च कटौती गरी कार्यक्षमता बढाउने सरकारको नीति रहेको उहाँले स्पष्ट पार्नुभयो । राजनीतिक दल निकट मानिएका ट्रेड युनियन तथा विद्यार्थी सङ्गठनहरूको खारेजीलगायतका सुधारात्मक कार्यहरूबाट समाजमा सकारात्मक सन्देश गएको प्रवक्ता पोखरेलले उल्लेख गर्नुभयो ।
मन्त्रालय घटाउँदा २० अर्ब बचत
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गर्नुभएको हो ।
मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको पहिलो बुँदामा सङ्घीय मन्त्रालयको सङ्ख्या कटौतीको विषय समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी बाचापत्र उल्लेख भएबमोजिम मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो ।
उहाँले मन्त्रालयको सङ्ख्या घटाएसँगै वार्षिक करिब २० अर्ब राज्य कोषमा बचत हुने अनुमान गरिएको बताउनुभयो ।
यसैगरी उहाँले अन्य संरचनाहरु खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढाउने जनाउँदै राजनीतिक दल निकट ट्रेड युनियन, विद्यार्थी सङ्गठन खारेजीलगायतका सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको बताउनुभयो । रासस