आईएमएफ उच्चस्तरीय टोलीले सरकार र सांसदसँग गर्‍यो अर्थतन्त्रबारे छलफल

काठमाडौँ , असार २१ गते। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) एसिया तथा प्रशान्त विभागकी उपनिर्देशक डा. सोनाली जैन–चन्द्रा नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालको भ्रमण सम्पन्न गरेको छ ।

टोलीले नेपाल सरकार तथा संसद्को अर्थ समितिका सांसदहरूसँग नेपालको अर्थतन्त्रका विभिन्न आयामबारे छलफल गरेको आईएमएफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिनिधिमण्डलमा नेपालका लागि आईएमएफका मिसन प्रमुख डा. सरवत जहाँ र नेपालका लागि आईएमएफका आवासीय प्रतिनिधि प्रणव गुप्ता सहभागी थिए । भ्रमणका क्रममा टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसँग भेटेको थियो ।

भेटघाटका क्रममा नेपालको समष्टिगत आर्थिक परिदृश्य, आर्थिक वृद्धिलाई निरन्तरता दिने, रोजगारी सिर्जना गर्ने तथा संरचनागत सुधारका एजेन्डाहरूलाई अगाडि बढाउने नीतिगत प्राथमिकताहरूका विषयमा छलफल भएको आईएमएफले जनाएको छ ।

आईएमएफ टोलीले प्रतिनिधि सभाको अर्थ समितिका सदस्यहरूसँग अन्तक्र्रिया गरेको थियो । त्यसक्रममा आईएमएफ टोलीले नेपालसँगको साझेदारी र हालै सम्पन्न भएको विस्तारित कर्जा सुविधा (ईसीएफ) लगायतका विषयमा प्रस्तुतीकरण दिएको थियो ।

सो अवसरमा सांसदहरूले नेपालको आर्थिक प्राथमिकता र सुधारका एजेन्डाबारे आफ्ना धारणा राखेका थिए ।

भ्रमण सम्पन्न भएपछि डा. जैन–चन्द्राले अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नर, योजना आयोगका उपाध्यक्ष र संसदीय अर्थ समितिका सदस्यहरूसँगको छलफल फलदायी भएको बताइन् । ‘यस क्रममा विभिन्न क्षेत्रका दृष्टिकोणहरू सुन्न पायौँ । नेपालको आर्थिक विकास एवं सुधारका प्रयासहरूमा हाम्रो बलियो साझेदारी निरन्तर रहनेछ,’ उनले भनिन् ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter