गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक पारित

फडिन्द्र अधिकारी / लेखनाथ, असार २५ गते । गण्डकी प्रदेशसभाले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक २०८३ पारित गरेको छ ।

प्रदेशसभाको दशौं अधिवेशनको बिहीबार भएको २१औँ बैठकमा सभामुख कृष्णप्रसाद धितालले विधेयक सर्वसम्मत पारित भएको घोषणा गर्नुभयो ।

अब गण्डकी प्रदेशमा औषधी र औद्योगिक सामग्री उत्पादनका लागि गाँजा खेती गर्ने बाटो खुलेको छ । प्रदेश सभाको अर्थ तथा विकास समिति सभापति भोजराज अर्यालले बुधबार यो विधेयकको प्रतिवेदन सभामा पेस गर्नुभएको थियो । बिहीबारको बैठकमा विधेयक छलफलका लागि उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले प्रस्ताव राख्नुभएको थियो ।

छलफलमा प्रदेशसभा सदस्यहरु अशोक श्रेष्ठ, गणेशमान गुरुङ, सुशीला सिम्खडा र बिन्दु पौडेलले धारणा राख्नुभएको थियो । विधेयकमा गाँजा खेतीका लागि कडा मापदण्ड तोकिएको छ । गाँजाको बोटमा पाइने नशालु पदार्थ टिएचसीको मात्रा ०.३ प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था छ ।

औषधी उत्पादन, निकासी वा अध्ययनका लागि गरिने यस्तो खेती प्रदेश सरकारको प्रत्यक्ष नियन्त्रणमा रहनेछ । सरकारले तोकेको क्षेत्रमा मात्र यस्तो खेती गर्न पाइने प्रावधान विधेयकमा छ ।

गाँजा खेती गर्न चाहने व्यक्ति वा संस्थाले अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । खेती गरिने जग्गाको क्षेत्रफल र पूर्व सहमतिको व्यवस्था पनि अनिवार्य गरिएको छ । गाँजाको बोट कटान र बिक्री गर्नुअघि त्यसको रासायनिक परीक्षण गर्नुपर्नेछ ।

यसका लागि प्रदेश सरकारले आफ्नै वा निजी क्षेत्रसँगको साझेदारीमा प्रयोगशाला खोल्नेछ । गाँजाको औषधीय प्रयोगबाट हुन सक्ने जोखिम कम गर्न चिकित्सा सेवासहितको उपचार केन्द्र सञ्चालन गर्ने, दुरुपयोग गर्नेलाई कारबाही गर्ने र उपचारका लागि पुनःस्थापना केन्द्र सञ्चालन गर्ने दायित्व सरकारको हुनेछ ।

वि.सं २०८२ कात्तिक २८ गते समितिमा पठाइएको यो विधेयकमाथि ११ वटा बैठकमा छलफल भएको थियो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter