१ साउनदेखि समस्याग्रस्त सहकारीविरुद्ध अनलाइनमार्फत उजुरी दर्ता गर्न सकिने

काठमाडौँ, असार ३० गते । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन १ साउनदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागु गर्ने भएको छ ।
मंगलबार बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले यस्तो जानकारी गराएकी हुन् ।
उनले अगामी १ साउनदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्न सकिने र उजुरीउपर छानबिन गरी बचतकर्ताको रकम फिर्ता प्रक्रिया अघि बढाइने बताइन् ।
सहकारी बचत फिर्तालाई सरकारले निरन्तरता दिएर अघि बढ्ने पनि उनले बताइन् ।