एक वर्षमा २०२ मिर्गौला प्रत्यारोपण

काठमाडौँ, साउन २६ गते ।शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आर्थिक वर्ष २०८२ र ८३ मा २०२ वटा सफल मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले २०२ वटा सफल मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिनुभयो ।
प्रत्यारोपण सेवामा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको समर्पण, सहकार्य र अथक मेहनतबाट उक्त उपलब्धि हासिल भएको उहाँले बताउनुभयो ।
यो उपलब्धि सम्पूर्ण प्रत्यारोपण टोली, अंगदाता तथा उहाँका परिवार, बिरामी र प्रत्यारोपण सेवामा योगदान पु¥याउने सबैप्रति समर्पित रहेको उहाँको भनाइ छ ।
उहाँका अनुसार प्रत्येक सफल प्रत्यारोपणले बिरामीलाई नयाँ जीवन, आशा र भविष्य प्रदान गर्ने भएकाले यस उपलब्धिले प्रत्यारोपण सेवाप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको छ ।
उहाँले उक्त उपलब्धि हासिल गर्न सहयोग गर्ने सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी, सहयोगी संस्था, शुभेच्छुक तथा केन्द्रप्रति विश्वास गर्ने सबैलाई आभार व्यक्त गर्नुभएको छ ।
आगामी दिनमा पनि जीवन बचाउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै प्रत्यारोपण सेवा थप प्रभावकारी बनाउँदै लैजाने उहाँको प्रतिबद्ध छ ।