सरकारले काठमाडौंमा शनिबार दिनभर बेच्यो ६ हजार ८०२ सिलिन्डर ग्यास; भोलि ७ ठाउँमा ग्यास बिक्री गरिने

काठमाडौँ, साउन ३० गते । सरकारले शनिबार दिनभरिमा काठमाडौंका ५ बिक्री केन्द्रबाट कुल ६ हजार ८ सय २ वटा खाना पकाउने ग्यास सिलिन्डर ग्यास बेचेको छ ।

एक महिनादेखि ग्यास नपाएका उपभोक्तालाई राहत दिने भन्दै नेपाल आयल निगमले आजदेखि काठमाडौंका ५ स्थानमा काठमाडौं जिल्ला प्रसाशन कार्यालयको समन्वयमा बिक्री केन्द्र तोकेको थियो ।

ग्यास नपाएका उपभोक्ता ठूलो संख्यामा बिहान ८ बजेदेखि नै यी बिक्री केन्द्रमा लाइन लागेका थिए । आयल निगमको तथ्यांकअनुसार निगमको टेकु परिसरबाट सबैभन्दा बढी २ हजार २ सय ९० वटा ग्यास वितरण भएको छ ।

यसैगरी पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट १ हजार ६ सय, कीर्तिपुरको राधास्वामी केन्द्रबाट ७ सय ६२, यातायात कार्यालय परिसर चाबहिलबाट ७ सय २० र बसुन्धराको राधास्वामी केन्द्रबाट ६ सय वटा सिलिन्डर बिक्री भएको छ ।

यी ५ केन्द्रबाट मात्रै ५ हजार ९ सय ७२ सिलिन्डर बिक्री हुँदा बालाजु काउन्टरबाट ५ सय र साल्ट ट्रेडिङको जडिबुटी तथा कालीमाटी काउन्टरबाट ३ सय ३० गरी कुल ६ हजार ८ सय २ सिलिन्डर ग्यास उपभोक्ताको हातमा पुगेको छ ।

कुन ब्रान्डको ग्यास कति बेचियो भन्ने तथ्यांकलाई हेर्दा ५ मुख्य केन्द्रबाट सबैभन्दा धेरै नेपाल ग्याँस १ हजार ७ सय ६० वटा बिक्री भएको छ ।

त्यसैगरी एभरेष्ट/सुगम १ हजार ४३ वटा, एचपी ७ सय ८० वटा, हिमाल ५ सय ४० वटा, सगर ४ सय ६४ वटा र श्रीराम ब्रान्डका ३ सय २७ वटा ग्याँस बिक्री भएका छन् ।

त्यस्तै, एसटीसी ३ सय २०, श्री २ सय ८०, ओम १ सय ४०, भानु ८०, साईबाबा/श्रीकृष्ण ७०, श्रीमाया ६२, लोकप्रिय ५३ र सूर्य ब्रान्डका ५३ वटा सिलिन्डर वितरण गरिएका छन् ।

सरकारले करिब ७ हजार सिलिन्डर ग्यास बेचेको तथ्यांक प्रस्तुत गरिरहँदा धेरै उपभोक्ताले भने ग्यास नपाएर रित्तो हात फर्किनु परेको गुनासो गरेका छन् ।

भोलि उपत्यकाका ७ ठाउँमा एलपी ग्यास बिक्री गरिने

भोलि आइतबार उपत्यकाका ७ ठाउँमा खाना पकाउने ग्यास बिक्री वितरण हुने भएको छ । नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगहरूले ग्यास बिक्री गर्ने भएका छन् ।

आयल निगमले आम उपभोक्ताका लागि सार्वजनिक गरेको सूचना अनुसार आयल निगमको कार्यालय टेकु परिसर, पशुु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजार जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा ग्यास सिलिन्डर बिक्री वितरण हुनेछ ।

अति आवश्यक परेका व्यक्तिले मात्र आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित आएर ग्यास किन्न निगमले भनेको छ ।

ग्यास बिक्री वितरण हुने समय बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मलाई तोकिएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter