‘ग्राजुएसन सिकाइको अन्त्य होइन, अझ ठूला अवसरको सुरुवात हो’ — उपकुलपति मरहट्टा

काठमाडौं, असोज ३ गते । कान्तिपुर सिटी कलेज (केसीसी) ले एक वर्षे एसडीजी एम्बेसडर कार्यक्रम पूरा गरेका २६ विद्यार्थीलाई सम्मान गर्दै ‘एसडीजी एम्बेसडर ग्राजुएसन कार्यक्रम–ब्याच ३’ आयोजना गरेको छ ।
शुक्रबार काठमाडौंको त्रिपुरा मार्गस्थित बोगेनभिल्ला इभेन्ट्समा आयोजित कार्यक्रममा विद्यार्थीलाई प्रमाणपत्र तथा विभिन्न पुरस्कार प्रदान गरिएको हो । एसडीएसएन क्लबको आयोजनामा कान्तिपुर सिटी कलेज र कल्प एकेडेमीको सहकार्यमा कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुजनबाबु मरहट्टाले युवा नेतृत्व, शिक्षा र दिगो विकासको प्रवद्र्धनमा युवाको महत्वपूर्ण भूमिका रहेको बताए । इदिगो विकासका लक्ष्य हासिल गर्न युवाको ज्ञान, सीप र सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो ।
उनले ‘ग्राजुएसन सिकाइको अन्त्य नभई अझ ठूला अवसरको सुरुवात’ भएको बताए । विद्यार्थीले कार्यक्रममा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई आगामी दिनमा समाज र दिगो विकासका क्षेत्रमा प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।

विशेष अतिथि तथा केसीसीका आमसञ्चार तथा पत्रकारिता विभागीय प्रमुख प्रा. रामकृष्ण रेग्मीले ग्राजुएसन कार्यक्रमले विद्यार्थीलाई नेतृत्व विकाससँगै दिगो विकासका क्षेत्रमा काम गर्ने अवसर पहिचान गर्न प्रेरित गरेको बताए । एसडीजी कार्यक्रममार्फत विद्यार्थीले समाजलाई केवल अध्ययन गर्ने नभई बुझ्ने र सामाजिक समस्यासँग जोडिएर काम गर्ने अवसर पाएको उनले बताए ।
केसीसीका प्रिन्सिपल राजु कट्टेलले कक्षाकोठामा हासिल गरेको ज्ञानलाई सामाजिक तथा वातावरणीय क्षेत्रमा प्रयोग गर्न यस्ता कार्यक्रमले विद्यार्थीलाई अवसर प्रदान गर्ने बताए । उनले युवाको सिर्जनशीलता, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्न एसडीजी एम्बेसडर कार्यक्रम उपयोगी रहेको बताए ।

काठमाडौंस्थित फ्रेन्च एम्बेसीका प्रशासन प्रमुख स्टानिस्लास लाजुजीले सफलताको वास्तविक आधार चेतनाको गुणस्तर रहेको बताए । त्यस्तै, काठमाडौं विश्वविद्यालयका डा.विनायककृष्ण थापाले केसीसीले युवालाई सशक्तीकरण र नेतृत्व विकासतर्फ अघि बढ्ने मार्ग प्रदान गरेको बताए ।

कार्यक्रममा शिक्षाविद्, विकास क्षेत्रका विज्ञ, व्यावसायिक क्षेत्रका प्रतिनिधि तथा युवा नेतृत्वमा सक्रिय विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता थियो । युरोपियन कमिसनका सिनियर प्रोग्राम म्यानेजर मिम हमाल, फ्रेन्च एम्बेसीका प्रशासन प्रमुख स्टानिस्लास लाजुजी तथा डीजी फाउन्डेसनका कन्ट्री डाइरेक्टर राकेश कर्णलगायत सहभागी थियो । साथै एफएनसीसीआई, एनजीसीसीआई, ग्रामीण पुनर्निर्माण नेपाल, काठमाडौं विश्वविद्यालय, प्राक्टिकल एक्सन÷ग्लोबल भ्वाइस, जेसीवाइसीएन तथा एनवाईसीएलगायत संस्थासँग आबद्ध प्रतिनिधिको पनि कार्यक्रममा उपस्थिति थियो ।

कार्यक्रममा युवा सहभागिता, दिगो विकास, अन्तरक्षेत्रीय सहकार्य तथा सामाजिक र वातावरणीय चुनौती समाधानका व्यावहारिक उपायबारे छलफल गरिएको थियो । प्यानल छलफलमा दिगो विकास र युवा नेतृत्वका चुनौती तथा अवसरबारे विज्ञहरूले धारणा राखेका थिए ।

‘सक्सेस स्टोरी’ सत्रमा सहभागी विद्यार्थीले एक वर्षको अवधिमा सञ्चालन गरेका परियोजना, प्राप्त अनुभव तथा सिकाइ प्रस्तुत गरेका थिए । उनीहरूले दिगो विकासका विभिन्न लक्ष्यसँग सम्बन्धित आफ्ना गतिविधि तथा योगदानबारे जानकारी गराएका थिए । सहभागी विद्यार्थी र विज्ञबीच अन्तरक्रिया तथा सञ्जाल विस्तारको अवसरसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा क्यानडा तथा अमेरिकाका विश्वविद्यालयका प्रोफेसर जेनेट स्यान्डर्स, रोबर्टसन वर्क र डा. रिता ढुंगेमलले भिडियो सन्देशमार्फत एसडीजी एम्बेसडर कार्यक्रम पूरा गरेका विद्यार्थीलाई बधाई दिएका थिए ।
कार्यक्रममा प्यानल छलफल, सांस्कृतिक प्रस्तुति, ‘सक्सेस स्टोरी’ तथा विद्यार्थी सम्मान समारोह आयोजना गरिएको थियो । एसडीजी एम्बेसडर कार्यक्रम केसीसीको एसडीएसएन क्लबमार्फत सञ्चालन हुँदै आएको प्रमुख कार्यक्रम हो । यसले विद्यार्थीलाई संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (एसडीजी) सम्बन्धी ज्ञान, गतिविधि तथा व्यावहारिक सिकाइमा सहभागी गराउँदै आएको कलेजले जनाएको छ ।

एक वर्षे कार्यक्रममा सहभागी विद्यार्थीले दिगो विकास, सामाजिक उत्तरदायित्व तथा युवा नेतृत्वका विषयमा ज्ञान र व्यावहारिक अनुभव हासिल गरेका थिए । ‘एसडीजी एम्बेसडर ग्राजुएसन कार्यक्रम–ब्याच ३’ मार्फत तेस्रो ब्याचको एक वर्षे यात्रा औपचारिक रूपमा पूरा भएको घोषणा गरिएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter