• Sunday, May 25, 2025

श्रम क्षेत्रको अध्ययन गर्न तीन कार्यदल गठन

काठमाडौँ, मङ्सिर २३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तीनवटा कार्यदल गठन गरेको छ । मन्त्रालयले सीप विकाससम्बन्धी तालिम एकीकृत संरचनामार्फत सञ्चालन गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन व्यावसायिक तथा सीप विकास तालिम

प्रतिष्ठानका कार्यकारी निर्देशक बद्रीनाथ अधिकारीको संयोजकत्वमा अध्ययन कार्यदल बनाएको हो । विभिन्न मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधि सम्मिलित छ सदस्यीय कार्यदललाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

श्रम मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले विभिन्न मन्त्रालय र मातहतका निकायले दिँदै आएका सीप विकाससँग सम्बन्धित तालिम एकीकृत संरचनामार्फत सञ्चालन गर्न सम्भावना र चुनौतीबारे अध्ययन गर्न कार्यदल गठन भएको बताउनुभयो । एकै प्रकृतिका तालिम फरक–फरक निकायबाट सञ्चालन हुने, एउटै व्यक्तिले विभिन्न तालिम लिने तर काम नपाउने समस्या रहेकाले त्यसको समाधानका लागि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको उहाँले स्पष्ट पार्नुभयो ।

देशभित्र रोगजारीको अवसर वृद्धि गर्ने, स्वरोजगारीका लागि प्रोत्साहित गर्न तथा सम्मानजनक वैदेशिक रोजगारीका लागि प्रतिस्पर्धी तथा सीपयुक्त जनशक्ति तयार गर्न आवश्यक योजनाको बारेमा पनि कार्यदलले अध्ययन गरेर सुझाव दिनेछ ।

यसैगरी मन्त्रालय र मातहतका निकायहरूको सङ्गठनात्मक संरचनाको अवस्थाबारे अध्ययन गर्न मन्त्रालयका सहसचिव रामचन्द्र ढकालको संयोजकत्वमा छ सदस्यीय कार्यदल पनि कार्यदल गठन गरिएको छ । कार्यदलले वैदेशिक रोजगारी तथा श्रम कार्यालयसहित मातहतका निकायहरूको कार्यबोझ, कार्यप्रगति र सुधारका सम्भावनाको अध्ययन गर्नेछ ।

यो कार्यदलले वैदेशिक रोजगार तथा श्रम कार्यालयका समस्या, चुनौती र समाधानका उपायका साथै श्रमसहचारी नियुक्ति मापदण्डबारे पनि सुझाव पेस गर्नेछ । कार्यदललाई १५ दिनको समय दिइएको छ ।

यस्तै वैदेशिक रोजगार व्यवस्थापन तथा समग्र कार्यप्रणाली व्यवस्थित गर्न सहसचिव शेषनारायण पौडेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलले वैदेशिक रोजगार नीति तथा कार्ययोजना पुनरवलोकन र प्रभावकारी कार्यान्वयनका लागि सुझाव दिनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter