विश्वविद्यालय ज्ञान सम्प्रेषण गर्ने केन्द्र हो : मन्त्री पौडेल

केदार तिमल्सिना / बनेपा, मङ्सिर २९ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्रप्रसाद पौडेलले विश्वविद्यालय समाजलाई सभ्यता, संस्कार, संस्कृति र ज्ञान सम्प्रेषण गर्ने केन्द्र रहेको बताउनुभएको छ । धुलिखेलमा काठमाडौँ विश्वविद्यालय (केयू) को २७ औँ दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो ।

विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका मन्त्री पौडेलले भन्नुभयो, “विश्वविद्यालय शिक्षा सम्भता, संस्कार र संस्कृतिको केन्द्र हो ।” कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षा विकास र समृद्धिको मूल रहेको बताउनुभयो । सरकारले सन् २०३० सम्म दिगो विकास लक्ष्यका विभिन्न कामहरु प्रक्षेपण गरेको उहाँले बताउनुभयो ।

शिक्षामन्त्री पौडेलले विश्वविद्यालय ज्ञान र सीप सिकाइको गुरुत्वको केन्द्र रहेको चर्चा गर्नुहुँदै मानव जातिलाई जीवन जिउन प्रेरणा दिने र मार्गदर्शन गर्ने महत्वपूर्ण थलोको रुपमा समेत विश्वविद्यालय रहेको बताउनुभयो । विश्वविद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक राष्ट्र निर्माणको वहाक रहेको उल्लेख गर्नुभयो । केयूले विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ, सूचना प्रविधिजस्ता जीवनोपयोगी र अत्यावश्यक शैक्षिक कार्यक्रम अघि सारेर देशमा परिश्रमी शैक्षिक जनशक्ति उत्पादन गरेको बताउनुभयो ।

आफुले सिकेको ज्ञान, सीपलाई आफ्नै देशमा लगाई रोजगारी खोज्नेभन्दा पनि रोजगारदाता बन्न कोशिस गर्न र अनेक बहाना बनाई मुलुक बाहिर जाने प्रयत्न नगर्न विद्यार्थीलाई मन्त्री पौडेलले आग्रह गर्नुभयो । कार्यक्रममा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

कुलपति देउवाको शुभकामना सन्देशलाई उपकुलपति प्रा.डा. भोला थापाले वाचन गर्नुभएको थियो । कार्यक्रममा भारतीय विश्वविद्यालय सङ्घका महासचिव डा. पङ्कज मित्तलले एक हजारभन्दा बढी विश्वविद्यालय रहेको भारत विश्वमा उच्च शिक्षा प्रदान गर्ने दोस्रो ठूलो राष्ट्रको रुपमा रहेका बताउनुभयो ।

२७ औँ दीक्षान्त समारोह अन्तर्गत बुधबार पहिलो चरणमा एक हजार चारसय ४९ विद्यार्थी दीक्षित भएका छन् । यस वर्ष स्कुल अफ आर्टस्का २३४ जना, स्कुल अफ एजुकेशनका १०४ जना, स्कुल अफ इन्जिनियरिङका २९ जना, स्कुल अफ ल का ४० जना, स्कुल अफ म्यानेजमेन्टका ४१९ जना, स्कुल अफ मेडिकल साइन्सेजका ५८१ जना र स्कुल अफ साइन्सका ४२ जना विद्यार्थी दीक्षित भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter