• Monday, May 19, 2025

४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी; उम्मेदवारी फिर्ता गराउन धाकधम्की नदिन आयोगको आग्रह

काठमाडौं, वैशाख १६ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म १ करोड ८० लाख ४५ हजार मतपत्र छपाई सम्पन्न भएको छ । निर्वाचन आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार शुक्रबारसम्म सो संख्यामा मतपत्र छपाई सम्पन्न भएको हो ।

७६ जिल्लाका लागि सो मतपत्र छपाई सम्पन्न भएको र बाँकी मतपत्र छपाईको काम जारी रहेको उहाँले जानकारी दिनुभयो । आयोगका अनुसार ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिइसकेको छ ।

काठमाडौंबाट लामो दूरीमा रहेका अधिकांश जिल्लाहरुमा मतपत्र ढुवानी भइसकेको छ भने अन्य जिल्लाहरुमा पुग्नेक्रममा रहेको कोइरालाले बताउनुभयो । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ । आयोगले वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो ।

उम्मेदवारी फिर्ता गराउन धाकधम्की नदिन आयोगको आग्रह

काठमाडौं, वैशाख १६ गते। निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकालाई उम्मेदवारी धाकधम्की नदिन आग्रह गरेको छ।

शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै उम्मेदवारी फिर्ता गराउन डर, धाक धम्की र धरपकड नगर्न आग्रह गरेको गरेको हो। यस्तो हर्कत् नगर्न आयोगले राजनीतिक दल, तीनका भ्रातृ सङ्गठन र सरोकारवालालाई आग्रह गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलले जानकारी दिनुभयो।

प्रवक्ता पौडेलले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उम्मेदवारी दर्ता मनोनयनका उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

उम्मेदवारलाई धम्की दिने गतिविधिले लोकतन्त्रमाथि आघात पुयाउनेसँगै संविधान र कानुन विपरीत भएको स्मरण आयोगले गराएको छ।

‘यस्ता गतिविधिले संविधान र प्रचलित कानुन बमोजिम योग्य पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् अधिकार कुण्ठिन हुनेछ’, विज्ञप्तिमा भनिएको छ।

आयोगको विज्ञप्तिमा लेखिएको छ, ‘निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै प्रकृति र मात्राका भएपनि त्यसले संविधान, कानुन र लोकतन्त्रमाथि आघात पुर्याउने भएकाले यस्ता हर्कत् नगर्न नगराउन आयोग सरोकारवालाहरु सबैप्रति आग्रह गर्दछ।’

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter