प्रधानमन्त्री समक्ष राप्रपाको ज्ञापनपत्र

काठमाडौं, असार १ गते। प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २२ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राप्रपाले ज्ञापनपत्र बुझाएको हो।

प्रतिनिधिमण्डलमा अध्यक्ष लिङ्देनसहित पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दीपक बोहोरा, उपाध्यक्ष बुद्विमान तामाङ महामन्त्री सहभागी हुनुहुन्थ्यो। देशमा वर्तमान अवस्थामा महँगी नियन्त्रण, किसानलाई समयमा मल, बिऊ उपलब्ध गराइनुपर्ने लगायतका जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दामा सरकारको ध्यानाकर्षण गराइएको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो।

राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सुशासन र सम्वृद्धिका विभिन्न माग उल्लेख गर्दै ज्ञापनपत्र बुझाइएको उहाँको भनाइ छ।

राप्रपाले कालोबजारी नियन्त्रण, पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसमा भइरहेको श्रृङ्खलाबद्ध मुल्यवृद्धि अविलम्ब रोक्नुपर्ने, भ्रष्टाचार नियन्त्रणमा प्रभाकारी कदम चाल्नुपर्ने, नागरिकको मौलिक अधिकारको रुपमा रहेको शिक्षा, स्वास्थ्य निःशुल्क उपलब्ध गराइनुपर्ने, इम्वोस्ड नम्बर प्लेटमा देवनागरी लिपीको व्यवस्था हुनुपर्ने, भूमिहीन तथा घरबारबिहीन सुकुम्बासी समस्याको स्थायी समाधान गर्नुपर्ने लगायत माग राखेको छ।

यसगरी, व्यापार घाटा नियन्त्रण गर्दै व्यापार सन्तुलन गर्नुपर्ने, आगामी निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकले पनि मतदान गर्न पाउनुपर्ने, स्थानीय तहमा लगाइएका अव्यवहारिक कर तत्काल खारेज हुनुपर्ने, वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै निजगण अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र निर्माण लगायत २२ वटा मागका सम्बन्धमा राप्रपाले सरकारको ध्यानाकर्षण गराएको हो।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter