कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना प्रक्रिया सुरु नगर्न महानगरको परिपत्र

काठमाडौं, जेठ २४ गते । काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्नाका कुनै पनि प्रक्रिया नगर्न परिपत्र जारी गरेको छ ।

महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बुधबार विज्ञप्तिमार्फत २०८० शैक्षिक सत्रका लागि केही विद्यालयले कक्षा ११ को भर्ना सूचना प्रकाशन गरेको भन्ने उजुरी प्राप्त भएकोले यस सम्बन्धमा ध्यानाकर्षण भएको बताउनुभएको छ ।

शिक्षा विभागले महानगर अन्तर्गतका सबै विद्यालयमा भर्नासम्बन्धी परिपत्र जारी गरेको हो । केही निजी विद्यालयले भर्ना प्रक्रिया सुरु गरेपछि महानगरमा उजुरी परेका हो ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter