विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा

अविनाश चौधरी / धनगढी, साउन २१ गते । कैलालीको धनगढी उपमहानगरपालिका परिसरमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले उपमहानगरपालिकाको परिसरमा जडान गरेको चार्जिङ स्टेसन सञ्चालनमा आएको हो ।

स्टेसनको एक कार्यक्रमकाबिच धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले उद्घाटन गर्नुभयो । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएकाले त्यस्ता सवारी साधन चार्ज गर्न सहज हुने जनाइएको छ । वातावरणमैत्री यातायात प्रणालीको विकासमा चार्जिङ स्टेसनले ठुलो टेवा पुर्‍याउने नगर प्रमुख गोपाल हमालले बताउनुभयो ।

स्टेसनमा ६०-६० किलोवाटको दुई वटा र २२ किलोवाटको एउटा गरी तीन वटा चार्जर रहेको छ । जम्मा १४२ किलोवाट क्षमताको चार्जिङ स्टेसनमा एक साथ तीन वटा सवारी साधन चार्ज गर्न सकिने जनाइएको छ । दिउँसो चार्ज गर्दा प्रति युनिट आठ रुपियाँ २८ पैसा, राति ११ बजेपछि चार्ज गर्दा प्रति युनिट छ रुपियाँ र बिहान चार्ज गर्दा प्रतियुनिट १० रुपियाँ ४४ पैसा चार्ज शुल्क तोकिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter