आज रातिदेखि डीभी–२०२५ कार्यक्रम सुरु हुँदै

काठमाडौं, असोज १७ गते । आज रातिदेखि २०२५ डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम सुरु हुँदैछ । नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटदेखि आवेदन लिन सुरु गरिने नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।

दूतावासले डिभी कार्यक्रमका लागि हुने छनोट योग्य आवेदकहरूमध्येबाट निष्पक्ष रूपमा गरिने हुँदा प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउन अनुरोध गरेको छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासको भनाई छ ।

आज रातिदेखि नोभेम्बर ७ तारिख राति १०ः४५ बजेसम्म जुनसुकै बेला आवेदन बुझाउन सकिनेछ । आवेदनका लागि कुनै शुल्क लाग्ने छैन ।

डाइभर्सिटी भिसाको आवेदन dvprogram.state.gov बाट मात्र गर्न सकिनेछ । तपाईंको फोटो पछिल्लो ६ महिनाभित्रको हुनुपर्छ । अघिल्लो वर्षको फोटो पुनः प्रयोग गर्नुहुँदैन ।

त्यस्तै, तपाई)ले आफ्नो आवेदनमा आफ्नो पति/पत्नी र २१ वर्षभन्दा कम उमेरका सबै अविवाहित सन्तानहरूको जानकारी राख्नुपर्ने हुन्छ । डीभी २०२५ को छनोट मे २०२४ मा गरिनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter