• Tuesday, May 20, 2025

चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं, असोज २२ गते । काठमाडौँ उपत्यकाको १३ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको छ ।

दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायी र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार काठमाडौँ उपत्यकाको १३ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेका हुन् ।

यात्रुको सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीहरुको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

काठमाडौँ उपत्यकाको सुन्धारा, नागढुंगा, कलंकी, नयाँबसपार्क, चाबहिल, कोटेश्वर, बल्खु, भक्तपुरको जगाती लगायतका १३ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो ।

यात्रु सहायता कक्षमा खटिएको टोलीले तोकिएको भाडादरभन्दा बढी भाडा लिए/नलिएको, लामो दूरीका सवारी साधनमा २ जना चालक भए/नभएको चेक गर्ने, काउण्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्‍याई बाटोमै अलपत्र पार्ने जस्ता कार्यको निगरानी राख्नेछ ।

यस्तै नाकामा थप जनशक्ति परिचालन गरी विशेष चेकजाँचको व्यवस्था मिलाई यात्रुलाई पर्नसक्ने समस्या समाधान गरिने पनि प्रवक्ता भट्टले बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter