संसद्को वर्षे अधिवेशन अन्त्यको तयारी

काठमाडौं, असोज २३ गते । सरकारले संघीय संसद्को वर्षे अधिवेशन अन्त्यको तयारी गरेको छ । गत वैशाख २४ गतेदेखि सुरु भएको वर्षे अधिवेशन निर्वाचनपछि बनेको प्रतिनिधि सभाको दोस्रो अधिवेशन हो ।

यही असोज २७ गते आसपासको मितिमा अधिवेशन अन्त्यको तयारी गरिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले जानकारी दिए । सरकारले असोज २७ गते संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम बनाएको छ ।

महासचिवको सम्बोधनसँगै वर्षे अधिवेशन अन्त्यको तयारी गरिएको हो । त्यसअघि असोज २५ गतेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । यस्तै राष्ट्रियसभा तर्फ चौधौँ अधिवेशन अन्तर्गत असोज २६ गते शुक्रबार बैठक बोलाइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter