• Thursday, June 12, 2025

कोशीको मुख्यमन्त्रीमा सत्तागठबन्धनका कार्की र आङ्बोको दाबी

काठमाडौं, असोज २५ गते । सत्तागठबन्धनका तर्फबाट मुख्यमन्त्री दाबी गरेका माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री नियुक्तिको विषयमा प्रदेश प्रमुखले निकास निकाल्ने विश्वास लिएका छन् ।

बिहीबार मुख्यमन्त्रीको दाबी पेस गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै संवैधानिक र कानुनी हिसाबले परामर्श गरेर निकाल्नेमा उनले विश्वास लिएका हुन् ।

‘दुवै पक्षले बहुमत पुर्याएर पेस गरेको स्थिति छ । निकासको निम्ति केही न केही उपाय निकास निस्केला । संवैधानिक र कानुनी हिसाबले प्रदेश प्रमुखले आवश्यक परामर्श गरेर निकास निकाल्नु हुन्छ । प्रदेश प्रमुखको हातको कुरा हो’, उनले भने ।

विश्वासिलो आधारमा निकास निकाल्न उनलाई केही कठिनाइ नभएको भन्दै आङ्बोले राजनीति हिसाबले गठन्धनमा जुन असमझदारी देखियो छ, त्यसलाई केन्द्रीय नेतारूले निकास निकाल्ने विश्वास व्यक्त गरे । ‘दलहरूले केही सोचेरै हस्ताक्षर गर्नुभयो होला ।

संवैधानिक हिसाबले यसको व्यवस्था, नियुक्ति के हुन्छ ? समय लिएर अध्ययन गर्न, कानुनविद र संवैधानिकविदसँग पनि परामर्श निकास दिन उनले प्रदेश प्रमुखलाई आग्रह गरे ।

कोशीको मुख्यमन्त्रीमा कांग्रेस सांसद कार्कीले गरे दाबी पेस

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्कीले दाबी पेस गरेका छन् ।

उनले एमालेका सांसदसहितको समर्थनमा प्रदेश प्रमुखसमक्ष बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ सांसदको समर्थन रहेको दाबी गरिएको छ ।

यस्तै सत्ता गठबन्धनबाट माओवादी केन्द्रका इन्द्र आङ्बोले मुख्यमन्त्री दाबी पेस गरेका छन् । योसँगै कार्कीको दोहोरो हस्ताक्षर भएको छ ।

यसैबीच कांग्रेसका ८ सांसदले प्रदेश प्रमुख अगाडि नै हस्ताक्षर गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter