• Friday, June 13, 2025

अर्थमन्त्री डा. महत र राज्यमन्त्री आनमेरीबिच भेटवार्ता

करुण अर्याल / लण्डन, कात्तिक १४ गते । अर्थमन्त्री डा. प्रकाश शरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको छ ।

लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनमा भाग लिन लण्डन आउनुभएका मन्त्री डा. महतले हरित ऊर्जा, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा र पर्यटन क्षेत्रमा बेलायतबाट लगानीका लागि आग्रह गर्नुभयो । उहाँले ग्लास्कोमा सम्पन्न कोप २६ पछि बेलायतको प्राथमिकता हरित ऊर्जा भएकाले यस क्षेत्रमा लगानी वृद्धि हुने विश्वास आफूले लिएको बताउनुभयो ।

कोभिडले गर्दा नेपालको स्रोत साधनमा आएको कमजोरी, सामाजिक सुरक्षामा गरिएको लगानी, आन्तरिक र बाह्य ऋण वृद्धि भएकाले लगानीयोग्य पुँजीमा कमी भएकाले नेपालमा वाह्य लगानीको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

जलवायु परिवर्तनका असरहरू सिर्जना हुनुमा नेपालको भूमिका नरहे पनि यसका कारण नेपालले भोग्नु परेका समस्याको न्यूनीकरणका लागि पनि यस क्षेत्रमा लगानी आवश्यक रहेको पनि उहाँले बताउनुभयो । साथै, उहाँले बेलायतको निजी क्षेत्रबाट पनि थप लगानी बढाउन आग्रह गर्नुभयो ।

परराष्ट्र राज्यमन्त्री ट्रेभल्यानले बेलायत नेपालको विकास साझेदार रहँदै आएको र भविष्यमा पनि सहयोगमा निरन्तरता हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बेलायतबाट नेपालमा लगानी बढाउने कुरामा आफू सकारात्मक रहेको बताउनुभयो । भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र दूतावासका द्वितीय सचिवको पनि सहभागिता थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter