• Tuesday, June 10, 2025

बबकमा ७५ क्विन्टल सुन्तला विक्री

मीना कंडेल / कावासोती, कात्तिक १४ गते । नवलपुरको पहाडी क्षेत्र बबक सुन्तला खेतीका लागि प्रख्यात ठाउँ हो । यहाँका हरेक घरपरिवारले धेरैथोरै सुन्तला लगाउनेगरेका छन् ।

जिल्लाको पहाडी क्षेत्रका बबक, राइकोट, जौवारीलगायतका क्षेत्रमा राम्रो सुन्तला उत्पादन हुनेगरेको छ । अहिले सुन्तला किसानले सुन्तला टिप्न सुरु गरेका छन् । अघिल्ला वर्षमा बजारका समस्या झेलेका यस क्षेत्रका किसानले अहिले कतिपय व्यापारी बगैँचामै पुग्ने र पहिले नै अर्डर गर्ने हुँदा यसले गर्दा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ ।

नवलपुरको बौदीकाली –५, बबकका सुन्तला किसान शेरबहादुर ठाडा मगरलाई यस पटक सुन्तला बेच्न कहाँ लग्ने भन्ने चिन्ता छैन । केही वर्ष अघिसम्म सुन्तलाको बजार खोज्दै धाउनुपर्ने बबकका किसानलाई व्यापारीले बगैँचाबाटै सुन्तलाको मूल्य गरी खरिद बिक्री हुँदा खुसी भएका छन् ।

सुन्तला बिक्रीमा अहिले समस्या नभएको र कावासोती, नारायणगढलगायतका व्यापारीले गाउँबाटै खरिद गरिदिँदा किसानलाई सहजता भएको भिमबहादुर मगरले बताउनुभयो । व्यापारीको मागअनुसार स्थानीय रूपमा सुन्तला सङ्कलन गरी गाडीमा राखेर बजारसम्म पुगाए मात्र हुने उहाँले बताउनुभयो । व्यापारीले गाउँमै सुन्तलाको मूल्य तयारी लैजाने गरेको उहाँको भनाइ छ ।

बबक कृषि तथा पशुपालन फर्म दर्ता गरी परम्परागतभन्दा पनि व्यावसायिक तवरबाट सुन्तला खेती गर्दैआएको गेसबहादुर रानाले बताउनुभयो । आफ्नै बगैँचाबाट सुन्तला बिक्री गर्दा गत वर्षभन्दा राम्रो नै मूल्य किसानले प्राप्त गरेको उहाँको भनाइ छ ।

यस वर्ष गत वर्षभन्दा सुन्तलाको फल समेत राम्रो लागेको किसानको भनाइ छ । सुन्तलाको फूल खेल्ने समयमा मौसम अनकुल हुँदा र रोग किराको प्रकोप नलाग्दा यस वर्ष सुन्तला उत्पादन राम्रो भएको व्यापारीहरूको भनाइ छ ।

नवलपुरको कावासोतीमा विगत १५ वर्षदेखि फलफूल बिक्री गर्दै आउनुभएका कृषिउपज केन्द्रमा रहेको मनकामना फ्रुट सप्लायर्सका सञ्चालक रुद्रबहादुर अधिकारीले बबकबाट नै सुन्तला खरिदगरी विक्री गर्नेगरेको बताउनुभयो । किसानको बगैँचाबाट नै खरिद गरी प्रतिकेजी ७५ रुपियाँमा विक्री गरेको र दसैँदेखि हालसम्म ७५ क्विन्टल विक्री भइसकेको उहाँले बताउनुभयो ।

जिल्लाका कावासोती, प्रगतिनगर, दलदले, चोरमारा, अरुणखोला, गिरवारी, झ्यालबास लगायतका ठाउँमा खुद्रा तथा होलसेलमा व्यापारीसमक्ष घर–घर पुगाउने गरेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सुन्तलाको उत्पादन राम्रो भएकाले किसानले छिटो टिप्न सुरु गर्नुभएको हो । ४० प्रतिशत मात्र सुन्तला पाकेको भए पनि चाडपर्वमा धेरै खरिद विक्री भएको छ ।”

पहाडी भेगका सुन्तलाले नवलपुर जिल्लामा बाहिरबाट खरिद गरी ल्याउनु नपर्ने र आफ्नै बगानको उत्पादनलाई प्राथमिकता दिनुपर्ने अधिकारीको भनाइ छ । वर्ष गत वर्ष एक हजार २० मेट्रिक टक सुन्तला उत्पादन भएकोमा यस वर्ष २० प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रको अनुमान रहेको छ । जिल्लाको बौदिकाली, बुलिङटार, गैँडाकोटको पहाडी क्षेत्रमा गरी करिब सातसय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदैआएको उहाँको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter