• Sunday, June 15, 2025

कर्णाली नदीमा विश्वकै लामो र्‍याफ्टिङ हुने

काठमाडौँ, मङ्सिर १७ गते । अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड प्रतियोगिता द ग्रेट कर्णाली क्वेस्ट २०२४ मार्च ८ देखि १३ तारिख सम्म नेपालमा हुने भएको छ ।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज, नेपाल नदी संरक्षण संस्था एनआरसिटी र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड द ग्रेट कर्णाली क्वेस्ट, २०२४ हुन लागेको हो ।

नाराले काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दै कर्णाली क्षेत्रको पर्यटन प्रवर्द्धनको लागि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता लागेको जनाएको छ । प्रतियोगितामा १६ टिमको लागि फेब्रुअरी ५ देखि २४ सम्म खुला गरेको छ । अहिलेसम्म ६ अन्तर्राष्ट्रिय टिम सहभागिता हुने निश्चित भइरहेको पनि आयोजकले जनाएको छ ।

द ग्रेट कर्णाली क्वेस्ट दैलेख जिल्लाको आठबिस नगरपालिकाको राकम कर्णालीबाट कैलाली जिल्लाको दौलतपुर घाटसम्म राफ्ट दौडले कर्णाली नदीको किनारमा २४८ किलोमिटर पार गर्नेछ ।

पत्रकार सम्मेलनमा बोल्दै द ग्रेट कर्णाली क्वेस्टका अध्यक्ष मेघ आलेले विश्वका देशहरूको राफ्ट दौडको लागि कर्णालीमा आँखा रहेकाले तत्काल द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौड गर्न लागेको बताउनुभयो । उहाँले द ग्रेट कर्णाली क्वेस्ट दौडले कर्णालीको ब्रान्ड,आर्थिक पर्यटन र कर्णालीको दिगो पर्यटनलाई समेत जोड्ने बताउनुभयो । उहाँले कर्णाली नदीलाई सरकारले पनि संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष आलेले द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडमा ६ जनाको टिम हुने बताउनुभयो । उहाँले द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडमा भाग लिने टिमले ४५० डलर शुल्क तिर्नुपर्ने बताउनुभयो । उहाँले द ग्रेट कर्णाली क्वेस्टको पुरस्कार ३ हजार डलर राखिएकोमा ४ हजार डलर पुग्ने अपेक्षा रहेको बताउनुभयो । उहाँले द ग्रेट कर्णाली क्वेस्टको लाइभ समेत गरिनेछ ।

नेपाल एसोसिएसन अफ राफ्टिग्ङ एजेन्सिजका अध्यक्ष शिव अधिकारीले पर्यटन बोर्डमा राजनीतिक खिचातानी हुँदा पर्यटन प्रवर्द्धन गर्ने कामहरू हुन नसकेको बताउनुभयो । उहाँले कार्यक्रमहरू गर्न बोर्डले प्राप्त बजेट हुँदा हुँदै पनि नदिँदा समस्या भइरहेको बताउनु भयो । उहाँले द ग्रेट कर्णाली क्वेस्ट ठुलो परियोजना भएकाले सबै मिलेर सफल बनाउन आवश्यक रहेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter