• Saturday, May 24, 2025

एनसेलबारे ३० दिनभित्र स्वतन्त्र अनुसन्धान गर्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिले विवादित बनेको एनसेलको शेयर खरिद बिक्री तत्काललाई रोक्न सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको समितिको बैठकले एनसेल खरिद बिक्री तत्काल रोक्न र ३० दिनभित्र स्वतन्त्र अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले एनसेल सेयर बिक्री प्रकरणमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पूर्व जानकारी गराउनुपर्नेमा प्रारम्भमा जानकारी नगराई अहिले आएर जानकारी गराउँछु भनेकाले पनि कानुनी व्यवस्थाको परिपालना नगरिएको ठहर गरेको छ ।

‘सेयर खरिद बिक्री अवास्तविक, अविश्वसनीय र अपारदर्शी तवरमा न्यून मूल्याङ्कनमा खरिद बिक्री गरिनु, नेपाल बाहिर सेयर खरिद बिक्री वा हक हस्तान्तरण गरी नेपाल सरकारलाई प्राप्त हुनुपर्ने पुँजीगत लाभ, स्वामित्व हस्तान्तरण र करहरू प्रभावित गर्न खोजिनु, ६ वर्षपछि सरकारको मातहतमा आउनेमा अनिश्चित थप्नुले उक्त कारोबार संशयपूर्ण र अपारदर्शी देखिन्छ’, समितिको ठहर छ । समितिले यस विषयमा विस्तृत अनुसन्धान गरेर निष्कर्षमा पुग्नुपर्ने भएकाले निष्कर्षमा नपुग्दासम्म सेयर खरिद बिक्री रोक्न तथा यसबारे वास्तविकता पहिचान गर्न ३० दिनभित्र कार्यसम्पादन गर्ने गरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न पनि सरकारलाई निर्देशन दिएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

साथै समितिले एनसेलको सेयर खरिद बिक्रीबारे भएका प्रक्रिया ४८ घण्टाभित्र सार्वजनिक गर्न पनि सरकारलाई निर्देशन दिएको छ । समितिले आगामी दिनमा दुबिधा नहुने गरी दूरसञ्चार कानुन संशोधन गर्नुपर्ने भएको निष्कर्ष पनि निकालेको छ । त्यसका लागि आगामी संसद् अधिवेशनमा कानुन संशोधन विधेयक संसदमा दर्ता गर्न निर्देशन दिएको छ । ‘प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गत एनसेलबारे थप धारणा बुझ्न प्रधानमन्त्रीलाई समितिको अर्को बैठकमा आमन्त्रण गर्ने निर्णय गरेको छ’, समितिको निर्णयमा भनिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter