• Sunday, June 15, 2025

अबको पर्यटन छुट्टै हुनुपर्छ : अर्थमन्त्री डा. महत

पोखरा, मङ्सिर २२ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले अबको पर्यटन त्यस्तै होइन, छुट्टै हुनुपर्ने बताउनुभएको छ। शुक्रबार पोखरामा ८ औं पर्वतीय महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री डा. महतले प्राकृतिक र अर्गनिक उत्पादन मात्र सर्भ गर्न पोखराका व्यवसायीलाई अनुरोध गर्नुभयो।

मन्त्री डा. महतले भन्नुभयो, ‘‘एउटा होटलबाट सुरु गरौं न यो काम। त्यसपछि यहाँका कृषि उत्पादनले बजार पाउँछ। बजार पाएपछि यहाँका किसानले प्राकृतिक र अर्गनिक खेती गर्न थाल्छन्। खानपिन, रहनसन, भेषभूषा अर्गनिक र पुरानोशैलीको निर्माणले मात्र अब पर्यटकलाई आकर्षित गर्न सकिन्छ। ’’

पर्यटनका लागि गण्डकी प्रदेश धनी भएको उहाँको भनाइ छ। ‘‘त्यहाँ छुट्टै कुरा अनुभव गर्न पाइन्छ, छुट्टै कुरा देख्न पाइन्छ भने मात्र पर्यटक आउँछन्। अरुतिरको जस्तै हेर्न यहाँ पर्यटक आउँदैन’’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘गण्डकी प्रदेश नै सुन्दर ठाउँ हो। तर अहिले नकरात्मक प्रभावबाट दूषित भइरहेको छ। अबको पर्यटन भनेको विशिष्ट पहिचान, सांस्कृतिक, जीवनशैली र विकास निर्माण हो। यहाँको विशिष्टतालाई हामीले पहिचान गर्नुपर्छ। हाम्रो हिमाल, पहाड, सभ्यता, संस्कृति र जीवनशैलीलाई हामीले संरक्षण गर्नुपर्छ। ’’

यहाँले अब प्राकृतिक खेतीमा फर्किनुपर्ने बताउनुभयो। ‘‘अब हामी प्राकृतिक खेतीमा फर्किनुपर्छ। पहिला हामीले जे गरिरहेका थियौं, त्यही नै ठीक हो’ मन्त्री डा। महतले भन्नुभयो, ‘‘अहिले संसार त्यतैतिर फर्किरहेको छ। अब हामीले जीवनशैलीलाई विस्तारै परिवर्तन गर्न जरुरी छ। ’’

७५ प्रतिशत पहाड र हिमालमा पर्वतीय संस्कृति बनेको हो। यसभित्रको जनजीवन, संस्कृति र सभ्यता जोडिएर आउने उहाँको भनाइ छ।

पर्वतीय महोत्सवको महत्व एकदमै ज्यादा भएको मन्त्री डा. महतले बताउनुभयो। उहाँले हिमशृङ्खलाबाट बग्ने साना–ठूला नदीहरुले दक्षिण एसिया सिञ्चित भएको र जलवायु परिवर्तनको असरले हाम्रा हिमाल र पहाडमा देखिएको प्रभाव तल्ला भूभाग भारत र बंगलादेशसम्म पुग्ने निश्चित रहेको बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter