• Saturday, June 14, 2025

बुढीगण्डकी बनाउन खोज्दा सरकार ढालियो : अध्यक्ष ओली

सुलीकोट / मंसिर २३ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुढी गण्डकी आयोजना अघि बढाउन खोज्दा आफू नेतृत्वको सरकार ढालिएको बताउनुभएको छ ।

पार्टीले सञ्चालन गरेको ‘सम्बृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत गोरखा आइपुग्नुभएका अध्यक्ष ओलीले शनिबार गोरखामा आयोजित अन्तरक्रियामा सो कुरा बताउनुभएको हो ।

“म पहिलोचोटी यो देशको प्रधानमन्त्री हुँदा बुढीगण्डकी आयोजनालाई अघि बढाउन खोजें, ठीक त्यतिबेला सरकार ढालियो । बुढीगण्डकी आयोजनालाई खारेजी गरियो । फेरि दोस्रो पटक मेरो नेतृत्वमा सरकारमा हुँदा बुढीगण्डकी आयोजना अघि बढाउन खोजें फेरि कम्युनिष्टका केही पात्रहरुलाई प्रयोग गरी सरकार मेरो नेतृत्वको सरकार ढाले” अध्यक्ष ओलीले भन्नुभयो ।

गर्न खोजेको केहो त्यो आफूलाई थाहा नभएको उहाँले बताउनुभयो । “म भन्न चाहन्छु नेपालको परियोजना कुन देशलाई दिंदा नेपाललाई बढी फाइदा हुन्छ, त्यसै देशलाई दिनुपर्छ” अध्यक्ष ओलीले थप्नुभयो, “सरकारले बुढीगण्डकी परियोजना आफैले बनाउने भनेर गफ दिइरहेको छ । कर्मचारीलाई तबल खुवाउने रकम समेत बाह्य ऋण लिने सरकारले आयोजना कसरी बनाउला ?”

अझै केही समयसम्म नेपालले बुढीगण्डकी आयोजना आफैले बनाउन सक्ने सम्भवना नरहेको उहाँले चर्चा गर्नुभयो । कुनै देशलाई दिएर भए पनि तत्काल यसको काम गर्नुपर्ने उहाँको जोड छ । अहिले राज्यकोषबाट ७६ अर्ब मुआब्जा दिइसकेकाले बुढीगण्डकी जसरी पनि बनाउनुपर्ने उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकार चीनले दिएको सहयोग लिन पनि डराएको बताउनुभयो । ‘चीनले लुम्बिनी र पोखरामा एयरपोर्ट बनायो तर चल्न दिइएको छैन, चल्न पाउँदैन भनेर भित्र–भित्र के खेल हुँदैछ थाहा छैन । एयरपोर्ट चलाए भारत रिसाउँछ भन्ने सुनिन्छ’ अध्यक्ष ओलीले भन्नुभयो ।

बनेको एयरपोर्ट सञ्चालन गरी चीन र भारतबाट पर्यटक ल्याउन सके नेपालको धेरै विकास हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । बनेका संरचनाको सदुपयोगका लागि सरकारले पहल लिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter