• Saturday, June 14, 2025

स्वास्थ्यमा ठुलो दरबन्दी थप्दै छौँ : मन्त्री बस्नेत

फडिन्द्र अधिकारी / लेखनाथ, पुस ८ गते । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले २६ वर्षपछि मन्त्रालयले ठुलो सङ्ख्यामा दरबन्दी सिर्जना गर्ने तयारी गरेको बताउनुभएको छ । अहिले देशवासीलाई सहज रूपमा आधारभूत स्वास्थ्य सेवा दिन ७२ हजार स्वास्थ्यका जनशक्ति आवश्यक भएको उहाँले उल्लेख गर्नुभएको हो ।

पोखरामा आइतबार भएको कार्यक्रममा नेपाल डेमोग्राफिक हेल्थ सर्भेको प्रदेश स्तरीय तथ्याङ्क सार्वजनिकिकरण कार्यक्रम उहाँले अहिले ३१-३२ हजार जनशक्ति रहेको आङ्कलन गर्दै सबै जनशक्ति एक पटक आपूर्ति नभए पनि अब सहज हुँदै जाने प्रतिबद्धता जनाउनुभयो । “अहिले सङ्घीय सरकारमात्र होइन, प्रदेश र स्थानीय तहहरूले पनि स्वास्थ्यका जनशक्ति भर्ना गर्न थालेका छन्,” मन्त्री बस्नेतले भन्नुभयो ।

उहाँले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन बितिमले पनि थोरै रकम तिर्नुपर्ने, मिलेमतो हटाउने लगायतका प्रयास थालिएको प्रस्ट पार्नुभयो । “व्यवहारिक रूपमा बिमा प्रभावकारी बनेको छैन । एक ठाउँमा बिमा गरेपछि सबैतिरका अस्पतालमा सेवा पाउने, मिलेमतो हटाउने संयन्त्र बनाउँदै छौँ,” उहाँले भन्नुभयो ।

जनस्वास्थ्य क्षेत्रलाई सुधार्न तीन तहकै सरकारबिच सहकार्य जरुरी भएको उहाँको भनाइ छ । स्थानीय सरकारहरूले आधारभूत स्वास्थ्य सेवा र जनचेतनामा काम गर्न सक्ने, प्रदेशले समन्वय गर्ने र सङ्घले आवश्यकता अनुसारको बजेट, पूर्वाधारमा ध्यान दिने गरी सहकार्य गर्नुपर्ने उहाँको भनाइ छ ।

चैतमा छात्रवृत्तिका चिकित्सकहरू आएपछि प्रदेश र स्थानीय तहमा पठाइने उहाँले जनाउनुभयो । अब सङ्घ, प्रदेश र पालिकाहरूको आवश्यकता अनुसारका विशेषज्ञ चिकित्सकलाई छात्रवृत्ति दिने रणनीति अपनाइने उहाँको भनाइ छ ।

कार्यक्रममा गण्डकी प्रदेशका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत सरोकारवाला सहभागी थिए । सहभागीहरूले स्वास्थ्य बिमा प्रभावकारी नभएको, औषधिको आपूर्ति सहज नभएको, पालिकाहरूमा अस्पताल निर्माण र सञ्चालन गर्न सहज नभएको औँल्याएका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter