• Sunday, June 15, 2025

एकचालिस देशसँग सम्झौता,तेह्र मुलुकमा उडान

काठमाडौँ, पुस ८ गते । नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४१ पुगेको छ । हालै रुवान्डासँग सातामा १४ उडान गर्ने गरी सम्झौता भएसँगै उक्त देशमा बिनारोकतोक नेपाली वायु सेवा कम्पनीले उडान भर्न पाउने छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आगामी माघ तेस्रो सातासम्म थप दुई मुलुकसँग द्विपक्षीय हवाई सम्झौताका लागि प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भन्नुभयो, “रुवान्डासँग दुवै देशका वायु सेवा कम्पनीले सातामा १४/१४ उडान गर्ने गरी सम्झौता भएको छ । माघ तेस्रो सातासम्म स्विट्जरल्यान्ड, इन्डोनेसियासँग काठमाडौँमा द्विपक्षीय हवाई सम्झौता गर्न मन्त्रीपरिषद्को बैठकबाट स्वीकृति पाइसकेका छौँ ।” उहाँले नेपाल र रसियाबिच द्विपक्षीय हवाई सेवा सम्झौताको समेत समन्वय भइरहेको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार रुवान्डासँग काठमाडौँमा बढीमा सात वटा र थप सात वटा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्नुपर्ने गरी हवाई सम्झौता भएको छ ।

नेपालले ४१ वटा देशसँग द्विपक्षीय हवाई उडान सम्झौता र युरोपियन युनियनसँग बहुपक्षीय सम्झौता गरे पनि १३ वटा मुलुकमा मात्रै उडान गरिरहेको छ । नेपालले सन् १९९५ देखि एकल र बहुपक्षीय उडान गर्ने गरी सम्झौता गर्दै आएको छ । यसबाट अन्तर्राष्ट्रिय उडानमा एकतर्फी करिब ८० लाख हवाई सिट उपलब्ध रहे पनि सञ्चालित उडानबाट करिब ३० लाख हवाई सिट मात्र उत्पादन हुन सकेको छ । हाल नेपालबाट अन्तर्राष्ट्रियतर्फ नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले उडान अनुमति पाएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सका आठ वटा जहाजले हाल अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । निगमले हाल आठ वटा देशका १० वटा गन्तव्यमा उडान गर्दै आएको छ। हिमालय एयरलाइन्सले सात वटा देशमा उडान गर्दै आएको छ । आन्तरिकतर्फ भने नौ वटा कम्पनीका ५३ वटा जहाज र ११ वटा हेलिकोप्टर कम्पनीका ३८ वटा हेलिकोप्टर रहेका रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter