• Tuesday, June 10, 2025

धूप बनाउने तालिम सम्पन्न

जयकृष्ण यादव / इनरुवा, पुस १० गते । सुनसरीको सदरमुकाम इनरुवामा महिलाहरुका लागि धूप बनाउने तालिम सम्पन्न भएको छ । हाम्रो सहयात्रा मञ्च सुनसरीको सहकार्य तथा विन्दवासनि दाहाल दिदीबहिनी समूहको आयोजनामा धूप बनाउनेसम्बन्धी एकदिने तालिम सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष विनीता दाहालका अनुसार इनरुवा नगरपालिका–३ र ५ नम्बर वडाका दाहाल गृहिणी दिदीबहिनी महिलाहरुलाई व्यावसायिक बनाउन धूप बनाउने तालिम प्रदान गरिएको छ । इनरुवाका दुई वटा वडाका ४० जना गृहिणी महिलालाई धूप बनाउने तालिम दिइएको दाहालले जानकारी दिनुभएको छ ।

तालिमको समापनको अवसरमा कार्यक्रममा बोल्नुहुँदै संस्थाका अध्यक्ष विनीता दाहालले सहभागीहरुलाई सीप सिकेर मात्रै नहुने भन्दै व्यवहारमा उतार्नुपर्ने सुझाव दिनुभयो । घरमा आफ्नो आवश्यकता पूर्ति गर्न, फजुल खर्च बचाउन र बढी उत्पादन गरेर बिक्री गरी केही आम्दानी गर्ने उद्देश्यका साथ तालिम दिएको बताउनुभयो ।

उहाँले समूहमा लगानी गरी धूप बनाउन सल्लाह दिनुहुँदै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रशिक्षकले व्यवसायमा लागेर कुनै सहयोग आवश्यक परेमा आफूले सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

तालिमले आफूहरुलाई व्यावसायिक बन्न उत्प्रेरणा दिएको सहभागीहरुले बताएका छन् । तालिममा सहभागी मञ्जु दाहालले गाउँगाउँ टोलटोलमा बसेर समय खेर फाल्नुभन्दा घरमै बसेर कागज र धूपका सामग्रीहरु राखेर धूप बनाउने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter