• Tuesday, June 10, 2025

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

काठमाडौं, पुस १३ गते । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । शुक्रबार जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई दोषी ठहर गरेको हो ।

अदालतले सन्दीपलाई कति समय जेल सजाय गर्ने भन्ने निर्णय भने गरेको छैन । उक्त निर्णय भने अर्को पेशीमा अदालतले गर्नेछ । इजलासले गौशाला २६ को आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर सन्दीपले बलात्कार गरेको ठहर गरेको छ । दोषी लामिछानेको सजाय भने पुस २५ गतेको पेसीबाट निर्धारण हुनेछ । अदालतले किशोरी नाबालिग नरहेको ठहर गरेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष भदौ ५ गते सन्दीपले गौशालाको एक होटलमा लगेर बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेका थिए । यो मुद्दामा आइतबारदेखि निरन्तर बहस भएको थियो ।

लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो । प्रहरीले भदौ २२ गते मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । भदौ २३ मा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter