• Monday, June 09, 2025

व्यावसायिक रुपमा उत्पादन गरिएको ड्रागन फ्रुट

राधा लुइटेल / फिदिम, साउन २३ गते । पाँचथरको हिलिहाङ ७ का किसानले लगाएको सिउडी फल पाकेर त्यहाँका बगैचा राताम्य भएका छन् । यो फल ड्रागन फ्रुट नामले चिनिन्छ ।

यहाँका फणिन्द्र रिजाल र ओमनाथ रिजालले लगायतका किसानले तीन वर्ष अघि परीक्षणका लागि लगाइएको ड्रागन फ्रुटको उत्पादन राम्रो भएपछि यसको व्यावसायिक उत्पादन गर्न थालिएको हो । जहाँ एकसय रोपनी जग्गा व्यवस्थापन गरेका छन् ।

घमाइलो, दक्षिण फर्केको जमिन र बलौटे माटोमा रमाउने यो फलको उत्पादन दक्षिण र मध्य अमेरिकाबाट सुरु भएर नेपाल सम्मविस्तार भएको हो ।

रोपेको १५देखि १८ महिनामा उत्पादन सुरु हुने ड्रागन फ्रुटका विशेषज्ञ पूर्णप्रसाद लुइटेलले जानकारी दिनुभयो ।

एक पटक रोपेका विरुवाले २० देखि २५ वर्ष उत्पादन दिने विशेषज्ञहरु बताँउछन् । यसको उत्पादन जेठदेखि कात्तिकसम्म हुन्छ ।

३४ दिनमा फल टिप्न तयार हुने ड्रागन फ्रुटलाई हिँउदमा पानी लगाउने र वर्खामा एक–दुई पटक गोडेर मल हाल्न बाहेक अरु मेहेनेत गर्नुपर्दैन ।

पाँचथरमा पहिलो पटक उत्पादन सुरु भएको यो फलको मूल्य स्थानीय बजारमा प्रतिकिलो चारसय रुपियाँमा बिक्री भइरहेको उत्पादकहरु बताँउछन् ।

ड्रागन फ्रुट सामान्यतया रातो, सेतो र पहेलो गरी तीन प्रकारका हुन्छन् । यी ड्रागन फ्रुटको बोट एउटै भएपनि फल पाक्न थालेपछि रङ्ग परिवर्तन हुन्छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter