फिदिममा एक लाख ३७ हजार फलफूल रोपियो

राधा लुइटेल / फिदिम, साउन २६ गते। फिदिम नगरपालिकामा एक वर्षमा एक लाख ३७ हजार दुई सय ४२ वटा बिरुवा रोपिएको छ। नगरपालिकाले नगर क्षेत्रका १४ वडामा विभिन्न वडामा सुन्तला, एभोकाडो, कागती, लिची, अलैँची, किवी, चिया र कफीका बिरुवा रोपिएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो।

उहाँका अनुसार नगर क्षेत्रलाई फलफूलमा आत्मनिर्भर गर्ने उद्देश्यले यत्तिका बिरुवा रोप्नका साथै एक लाख २५ हजार क्षमताको नर्सरी स्थापना गरिएको छ।

यो सिजनमा नगरका १४ वटै वडामा गरी २० हजार ६ सय ६६ सुन्तला, एक हजार चार सय एभोकाडो, दुई हजार ६० आँप, दुई हजार एक सय ५० किवी, १० हजार ६ सय ६६ कागती, नौ हजार लिची, ५७ हजार अलैँची, सात हजार तीन सय चिया र २७ हजार कफिका बिरुवा रोपिएको काफ्लेको भनाइ छ।

फिदिम नगरपालिकाका प्रायः वडामा फलफूलसँगै चिया, कफी र अलैँची उत्पादन हुन्छ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter