रैथाने गाई संरक्षण गर्न किसानलाई भत्ता

रमेश विश्वकर्मा / गुल्मी, असोज २७ गते । गुल्मीको पश्चिमी ग्रामीण भेग अग्लुङ्गमा रैथाने गाईको संरक्षण गर्न गाईपालक किसानलाई भत्ता प्रदान गरिने भएको छ । मदाने गाउँपालिका–१, अग्लुङ्गमा स्थानीय गाई संरक्षणका लागि किसानलाई प्रोत्साहन भत्ता प्रदान गर्न लागिएको हो ।

स्थानीय गाई लोप हुन लागेको भन्दै यहाँका पाका पुस्ताबाट चासोका साथ गुनासो आएसँगै वडाले रैथाने गाई संरक्षणका लागि चालू आर्थिक वर्ष २०८१-८२ मा बजेटको समेत व्यवस्था गरेको वडा अध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो । वडा अध्यक्ष चन्दका अनुसार अग्लुङ्गभित्रका किसानहरूले पालेका स्थानीय गाई संरक्षण गर्न गाई बच्च पाउँदा भत्ता प्रदान गर्नुका साथै किसानलाई प्रोत्साहन गर्नका लागि वडाले यस वर्ष एक लाख रुपियाँ बजेट छुट्याएको छ ।

आर्थिक र सांस्कृतिक महत्त्व बोकेका रैथाने गाई लोप हुनबाट जोगाउन वडाले गाई संरक्षण गर्न विशेष कार्यक्रम ल्याएको छ । गाउँमा स्थानीय गाई पाल्ने किसानहरू नहुँदा स्थानीय गाई लोप हुने अवस्थामा पुग्न थालेका छन् । गाईको दुध, मूत्र (गहुँत) र गोवर विभिन्न धार्मिक कार्यक्रममा चाहिने हुँदा गाउँघरमा रैथाने गाई नै पाल्न छाडेपछि धर्म संस्कृति समेत लोप हुँदै जाने भन्दै वडाले यस्तो निर्णय गरेको उहाँले बताउनुभयो ।

गाई बिक्री गर्दा उचित मूल्य नपर्ने र पछिल्लो पुस्ता पशुपालनसँगै कृषि पेसामा आबद्ध नहुँदा स्थानीय गाई लोप हुने अवस्थामा रहेको स्थानीय बालनरसिंङ चन्दले बताउनुभयो । स्थानीय गाई संरक्षणका गर्नका लागि देशव्यापी अभियान जरुरी रहेको भन्दै उहाँले वडाले गाई संरक्षणका लागि गरेको कार्य सबैले अनुसरण गर्न जरुरी रहेको बताउनुभयो ।

स्थानीय पण्डित हरिप्रसाद भट्टराईले धर्म संस्कृतिको संरक्षण गर्न रैथाने स्थानीय गाईको संरक्षण गर्न जरुरी रहेको भन्दै मानव जगतले गाई संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । गाई संरक्षण गर्नु मानव जगतको कर्तव्य भएको हुँदा गाईको दूध अत्यन्तै पौष्टिक हुनुका साथै गाईको मूत्र धार्मिक तथा वैज्ञानिक रूपले पनि अत्यन्तै महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter