• Monday, April 28, 2025

‘नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमा कार्यक्रम आवश्यक’


काठमाडौं, मङसिर २७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमा कार्यक्रम आवश्यक भएको बताउनुभएको छ ।

स्वास्थ्य सर्वव्यापी पहुँच दिवसको अवसरमा मन्त्री पौडेलले स्वास्थ्य सर्वव्यापी पहुँचमा पुर्‍याउन नागरिक योगदानमा आधारित सुरक्षित कोषसहितको स्वास्थ्य बिमा कार्यक्रम आवश्यक भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “जटिल रोग लागेकालाई एक लाखले पुग्दैन । त्यसका लागि बिमालाई पाँच लाख पुर्‍याउनुपर्छ जुन पूर्ण नागरिकको योगदानमा आधारित हुनुपर्छ ।”

बिमा कार्यक्रमलाई व्यवस्थित गर्न कडा कानुन आवश्यक पर्ने उहाँको भनाइ छ । उहाँका अनुसार हाल बिमामा सबै भन्दा ठुलो चुनौती दाबी भुक्तानीमा हो । बिमा दाबीका लागि कडा कानुन आवश्यक पर्ने उहाँको ठहर छ ।

उहाँ भन्नुहुन्छ, “कसैले उपचार नगरी हस्ताक्षर गरेको पाइएमा जेल हाल्ने र उपचार नगराई उपचारको पैसा दाबी गर्ने अस्पतालको सम्बन्धन खारेज गर्ने व्यवस्था गर्न सकियो भने बिमालाई व्यवस्थित गर्न सकिन्छ ।”

औषधीको मूल्य निर्धारण गर्ने, स्वास्थ्य संस्थाहरू व्यवस्थापन प्रभावकारी बनाउने हो भने राज्यले अस्पतालमा आवश्यक पर्ने उपकरणमा मात्र लगानी गरे पुग्ने उहाँको बुझाइ छ । बिमा पाँच लाख पुर्‍याए पनि स्वास्थ्य सर्वव्यापी पहुँच पुर्‍याउन स्वास्थ्य क्षेत्रको लगानी वृद्धि गर्न मन्त्रालयले पहल गर्ने प्रतिबद्ध गर्नुभयो ।

मन्त्रालयका सचिव डा.रोशन पोखरेले स्वास्थ्यमा धेरै उपलब्धि मूलक काम भए पनि व्यवस्थित नभएको नदेखिएको बताउनुभयो । स्वास्थ्य सर्वव्यापी पहुँच पुर्‍याउन प्राथमिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सकेमा ९० प्रतिशत लक्ष्य प्राप्त गर्न सकिने उहाँको भनाइ छ । उहाँले प्राथमिक स्वास्थ्य सेवा स्तरोन्नतिका साथै त्यहाँबाट रिर्फर भएर जाने अस्पताललाई व्यवस्थित गरियो भने स्वास्थ्य सर्वव्यापी पहुँच पुर्‍याउन सकिने औँल्याउनुभयो । लक्ष्य सबै क्षेत्रको सहयोग आवश्यक पर्ने उहाँको ठहर छ । उहाँका अनुसार राज्यले स्वास्थ्य क्षेत्रको अपनत्व लिएर व्यवस्थित रूपमा सञ्चालन गर्न सकियो भने मात्र लक्ष्य पूरा गर्न सकिन्छ ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.विकास देवकोटाले नयाँ कार्यक्रम ल्याउँदा त्यसको स्रोत व्यवस्थापन गर्न आवश्यक रहेको जिकिर गर्नुभयो । क्यान्सर, मुटु रोग जस्ता जटिल प्रकारका सेवालाई प्रदेशस्तरसम्म विस्तार गर्नुपर्ने उहाँको धारणा व्यक्त गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter