विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौँ : कुलमान घिसिङ


काठमाडौँ, पुस २१ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउने बताएका छन् । आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसका भएको हाई भोल्टेज ल्याबको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यकारी निर्देशक घिसिङले विद्युत् प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव रहेको बताए । उनले लामो समयसम्म दरबन्दी बनाउन नसक्दा रोकिएको इलेक्ट्रिकल इन्जिनियरको विज्ञापन भर्खरै निकाल्न सफल भएको बताए । उनले लोकसेवा मार्फत एकै पटक ७० जना इलेक्ट्रिकल इन्जिनियर लिनेगरी विज्ञापन निकालिएको बताए ।

उनले भने,‘इलेक्टिकल इन्जिनियर विद्युत् प्राधिकरणभित्र खडेरी छ । लामो समयदेखि विज्ञापन दरबन्दी यकिन गर्न नसक्दा निकाल्न सकेका थिएनौँ । इलेक्ट्रिकल इन्जिनियरहरुको लागि विद्युत् प्राधिकरण ठुलो हब बनाउनुपर्छ ।’

कार्यकारी निर्देशक घिसिङले विद्युत् प्राधिकरणका ट्रान्सफर टेष्टिङ ल्याब र वर्कसपहरु प्रायः इन्टर्नसिपका विद्यार्थीले नै चलाएको बताए । उनले विद्युत् प्राधिकरणले १५ सय जना विद्यार्थीहरूलाई हरेक पटक लिने गरेको बताए ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter