शङ्कास्पद लाइसेन्स परीक्षणमा


लक्ष्मण दर्नाल / काठमाडौँ, पुस २२ गते । शङ्कास्पद लागेर रोकिएका एक लाख दुई हजार सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को वास्तविकतामाथि अध्ययन सुरु भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले मातहतका यातायात कार्यालयमार्फत लाइसेन्स सक्कली वा नक्कली हुन् भन्ने विषयमा अध्ययन सुरु गरेको हो ।

सम्बन्धित कार्यालयका ढड्डामा भएको रेकर्डलाई आधार मानेर अध्ययन सुरु गरिएको हो । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाका अनुसार बागमतीका यातायात कार्यालयहरूले ती लाइसेन्सको अध्ययन गरेपछि सक्कली भए सम्बन्धितलाई वितरण गरिने छ । पहिचानका व्रmममा लाइसेन्स नक्कली भएको देखिएमा नस्ट गरिने निरौलाले बताउनुभयो ।

यसअघि विभिन्न कार्यालयबाट वितरण गरिएका एक लाख दुई हजार नयाँ लाइसेन्स नक्कली रहेको भन्ने शङ्का लागेपछि रोक्का गरिएको थियो । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले रोक्का भएका लाइसेन्सको ढड्डासँग दाँजेर विवरण ठिक भए खुला गर्ने प्रव्रिmया सुरु भएको बताउनुभयो ।

उहाँले लाइसेन्स जारी गर्ने र रद्द गर्ने अधिकार प्रदेशका यातायात कार्यालयलाई भएकाले चेकजाँच गरी ढड्डा अनुसार ठिक भएका लाइसेन्स खुला गर्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार नक्कली भनेर रोक्का गरिएको लाइसेन्स सम्बन्धित यातायात कार्यालयले ढड्डामा भएको रेकर्डसँग विवरण नभेटिए रद्द हुने छ । त्यस्तै लाइसेन्समा ‘ए’, ‘बी’, ‘सी’ को उल्लेख गरिएको भए पनि ढड्डामा ‘बी’ मात्रै रहे पनि चालकले ‘बी’ श्रेणीको मात्रै लाइसेन्स पाउने छ ।

सचिव निरौलाले उपत्यकाको एकान्तकुना, चाबहिल, भक्तपुर, ठुलो भ¥याङलगायतका कार्यालयबाट चेकजाँचको काम भइरहेको जानकारी दिनुभयो ।

विभागले नक्कली लाइसेन्स प्रकरणमा आन्तरिक अध्ययन पनि गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान अयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानपश्चात् यातायात कार्यालयकै कर्मचारी पव्रmाउ परेका थिए । लिखित र ट्रायल नै नदिई लाइसेन्स बनाएका तथा अरूका नाममा लाइसेन्स लिएकाहरू धेरै भेटिएको विभागले जनाएको छ ।

पछिल्लो समय स्मार्ट लाइसेन्सको नियमन गर्न ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौँमा लाइसेन्स चेकजाँचका लागि झन्डै दुई सय थान मोबाइल प्रहरीलाई हस्तान्तरण गरेको थियो । हाल ट्राफिक प्रहरीले स्मार्ट फोनमार्फत चेकजाँच गर्दै आएको छ ।

२०७२ देखि स्मार्ट लाइसेन्स लागु भएपछि छपाइको काम निरन्तर बाँकी रहँदै आएको छ । उहाँले नक्कली लाइसेन्सको बिगबिगी हुन थालेको बताउनुभयो । उहाँले परीक्षा पास गरेकाले लाइसेन्स कार्ड पाउन कम्तीमा दुईदेखि तीन वर्षसम्म कुर्नुपर्ने अवस्थाले पनि यस्ता समस्या ल्याएको बताउनुभयो । विभागका अनुसार हालसम्म २८ लाखप्रति लाइसेन्स छाप्न बाँकी छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter