• Wednesday, May 28, 2025

६० लाख धरौटी बुझाएर सभापति लामिछाने रिहा; वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको घटनामा संलग्नता भेटिए कारबाही हुन्छ: रास्वपा


काठमाडौँ, माघ २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा हुनुभएको छ । आज थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा ६० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतको उक्त आदेशानुसार उहाँ धरौटी बुझाएर रिहा हुनुभएको हो। सभापति लामिछानेलाई स्वागत गर्न सो दलका कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । रिहाइपछि सभापति लामिछानेले यो देशमा अझै न्याय नमरेको प्रतिक्रिया दिनुभएको छ ।

रास्वपाले भन्यो : वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको घटनामा संलग्नता भेटिए कारबाही हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौँ परिसरमा भएको हातपातमा पार्टीका कोही सदस्य संलग्न भएको पाइए कारबाही गरिने बताएका छन् ।

पार्टी कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार उक्त विषयमा पार्टीको अनुशासन विभागको ध्यानाकर्षण भएको र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ। उनले यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्याय प्रति विश्वास राख्ने राजनीतिक दलको लागि स्वीकार्य नहुने बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter