• Friday, May 23, 2025

दुई जना समाजसेवीद्वारा अक्षयकोष स्थापना


चन्द्र पन्दाक / ताप्लेजुङ, माघ ५ गते। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित सरस्वती च्यारिबुक माध्यमिक विद्यालयमा दुई जना समाजसेवीले दुई लाख ५० हजार रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ। विद्यालय रहेको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका स्थानीय डने शेर्पा र फुपुडोमा शेर्पाले सो अक्षयकोष स्थापना गर्नुभएको हो।

विद्यालयका शिक्षक देउकुमार लिम्बूका अनुसार डने शेर्पाले एक लाख ५० रुपियाँको अक्षयकोष स्थापना गरिदिनुभएको हो। उहाँ उक्त विद्यालयका संस्थापक तथा तत्कालीन लेलेप गाउँ पञ्चायतका प्रधानपञ्चसमेत हुनुहुन्छ। यस्तै फुपुडोमाले एक लाख रुपियाँको अक्षयकोष स्थापना गर्नु भएको हो। उहाँ वर्तमान विद्यालय व्यवस्थापन समिति सदस्य हुनुहुन्छ।

अक्षयकोषको रकम अक्षयकोषदाताले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोवाङडोमा शेर्पालाई हस्तान्तरण गर्नु भएको छ। लेलेपका वडाध्यक्ष पेम्बाटाँसी शेर्पा, विव्यस पदाधिकारी, शिक्षक, स्थानीय अभिभावक लगायतको उपस्थितिमा अक्षयकोषदाताले रकम हस्तान्तरण गर्नुभएको हो। कोष रकमको व्याजले वार्षिक रुपमा शैक्षिक सामग्री वितरण गरिने विद्यालयले जनाएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter