नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव

काठमाडौँ, फागुन १० गते । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पूर्ण केन्द्रीय समितिको बैठक शनिबारदेखि काठमाडौँमा सुरु भएको छ। गएको माघ २७–२९ काठमाडौँमा सम्पन्न पहिलो ऐतिहासिक महाधिवेशनपछि पहिलो बैठक बसेको हो ।
आइतबारसम्म चल्ने बैठकमा आज महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सपथ ग्रहण गराइएको छ । बैठकमा वैचारिक राजनीतिक कार्यदिशा र संगठनात्मक सिद्धान्त, प्रणाली, पार्टीको आचारसंहिता र कार्यविधि, विभिन्न केन्द्रीय परिषद् तथा आयोग गठन, पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना र समसामयिक प्रस्तावहरूबारे छलफल सुरु भएको छ।
साथै बैठकमा ३ महिने सांगठनिक अभियान प्रस्ताव भएको छ। मुख्य निर्णय भोलि हुने पार्टी उपाध्यक्ष मानुषी यमि भट्टराईले जानकारी दिइन्। नेसपा नयाँ शक्तिको ९९ सदस्यीय केन्द्रीय कार्यसमिति छ।