‘फोर नेसन्स कप’ : नेपाल उपविजेतामा सीमित


गाेविन्द रेग्मी / काठमाडौँ, फागुन १४ गते । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय उपाधि चुम्ने सपना फेरि अधुरै बनेको छ ।

घरेलु मैदानमा ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता जित्ने लक्ष्य बनाएको नेपाल बुधबार दशरथ रङ्गशालामा बलियो प्रतिद्वन्द्वी म्यानमारसँग २–० गोलले पराजित भयो । १३औँ पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलेको नेपाल पुन: उपविजेतामा सीमित बनेको छ ।

म्यानमारको जितमा यु पर किनले खेलको ६२औँ मिनेटमा गोलको खाता खोल्नुभयो । उहाँले मध्यमागबाट एक्लै अगाडि लगेर गोल गर्नुभएको थियो । जुन बललाई नेपालका रक्षक र गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले नियाल्न सक्नुभएन ।

यस्तै ६४औँ मिनेटमा म्यानमारकी कप्तान विन टुनको प्रहार गीता रानालाई लाग्दै गोलमा परिणत भएपछि नेपाल स्तब्ध बनेको थियो । १५ हजार धेरै घरेलु सर्मथकको साथ पाएको नेपालले पहिलो हाफमा दुईवटा राम्रो गोलको अवसर खेर फालेको थियो ।

तर नेपाल दोस्रो हाफमा लगातार दुई गोल खाएपछि निरिह बन्यो । यसअघि भएका पाँच भिडन्तमा म्यानमारसँग तीन हार र दुई खेल बराबरीको आत्मसाथ गरेको नेपालले यसपटक पनि फाइनलमा म्यानमारलाई हराउन सकेन । यसअघि लिग चरणमा नेपाल र म्यानमारले २–२ गोलको बराबरी खेलेका थिए ।

कीर्गिस्तान र लेबनान गरी चार टोली सम्मिलित प्रतियोगितामा दुवै टोलीले लिग चरणमा दुई दुई जित र एक बराबरी नजितासात सात सात अङ्क बटुल्दै फाइनलमा पुगेका थिए ।

नेपालले लिग चरणमा कीर्गिस्तान र लेबनानलाई समान १–० गोलले हराएको थियो । यस्तै म्यानमारले लेबनानलाई ३–१ र कीर्गिस्तानलाई ५–० गोलले हराएको थियो ।

एन्फाले यस प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप–२०२६ छनोट र फिफा महिला विश्वकप–२०२७ को छनोटको तयारीको रूपमा लिएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter