मन्त्रीपरिषद्‍ बैठकका चार निर्णय : ओजोन तह संरक्षण सम्झौता अनुमोदन, भूमि समितिमा पदाधिकारी नियुक्त

काठमाडौँ, जेठ १९ गते । सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्युनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । मङ्गलबार दिउँसो बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रीपरिषद्को सिंहदरबारमा बसेको बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षासँग जोडिएको उक्त महत्त्वपूर्ण सम्झौतालाई अघि बढाउने निर्णय गरेको हो ।

बैठकले सशस्त्र प्रहरी बल, नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोख्रेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप गरेको छ । सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित उक्त समितिको कार्यावधि ४५ दिनका लागि थप गरिएको हो ।

सँगै सरकारले भूमि समस्या समाधान समितिको रिक्त पदहरूमा नयाँ पदाधिकारी नियुक्ति गरेको छ । निर्णय अनुसार समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बास्तोला नियुक्त हुनुभएको छ । समिति सदस्यमा अमिरप्रसाद न्यौपाने, पद्मनिती सोती र डा. रोना श्रेष्ठलाई नियुक्त हुनुभएको हो ।

मन्त्रीपरिषद् बैठकका चार निर्णय

  • United Nations Environment Programme (UNEP) बाट ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्युनीकरणसम्बन्धी Moteral Protocal को कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने ।
  • सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्जुनीकुमार पोखरेललाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने।
  • संवत् २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेस गरेको प्रतिवेदनमा उल्लिखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने ।
  • भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला, कास्की तथा सदस्य पदमा अमिरप्रसाद न्यौपाने, काठमाडौँ, पद्मिनी सोती, लमजुङ र डा. रेहना श्रेष्ठ, काठमाडौँलाई नियुक्ति गर्ने ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter