विद्याथीलाई लागु औषध नियन्त्रण र साइबर सुरक्षा सम्बन्धी सचेतना

राधा लुइटेल / फिदिम, असार १२ गते । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा १ स्थित सिद्धदेवी माध्यमिक विद्यालयमा लागुऔषध दुरुपयोग नियन्त्रण तथा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरले विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूलाई लक्षित गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा मुख्य प्रशिक्षकका रूपमा रहनुभएका प्रहरी नायब उपरीक्षक (प्रनाउ) अनिशकुमार कर्णले सहभागीहरूलाई लागुऔषधको कुलतले पार्ने शारीरिक, मानसिक तथा सामाजिक असर र यसका कानुनी पक्षहरूका बारेमा जानकारी गराउनुभएको थियो ।

बढ्दै गएको साइबर अपराधको जोखिम, सामाजिक सञ्जालको सुरक्षित प्रयोग गर्ने उपाय र इन्टरनेट बैंकिङ तथा डिजिटल कारोबार गर्दा अपनाउनुपर्ने सावधानीका बारे प्रशिक्षण दिइएको प्रहरीले हो ।

‘लागुऔषधबाट टाढा रहौं, साइबर अपराधबाट सचेत बनौं’ भन्न नारा सहित सञ्चालित सो कार्यक्रममा कर्णले युवा पुस्ता र विद्यार्थी वर्ग समाजको मेरुदण्ड भएकाले डिजिटल जगत र कुलतको सही पहिचान गरी सचेत रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिकाहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । विद्यालय प्रशासनले यस किसिमको व्यावहारिक र समयसान्दर्भिक सचेतना कार्यक्रमले विद्यार्थीहरूलाई कुलत र अनलाइन ठगीबाट बच्न ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

यसैबिच फिदिम नगरपालिका १ स्थित फिदिम माध्यामिक विद्यालयका विद्यार्थीलाई पनि साइवर सुरक्षा र लागु औषध नियन्त्रण सम्वन्धि सचेतना दिइएको छ । लागु औषध दुव्र्यसन विरुद्धको अभियान अन्तरगत कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter