बाढीबाट १९ पुल क्षतिग्रस्त, ४० किलोमिटर सडक अवरुद्ध; भारत, चीन र विश्व बैंकले सोधे, कस्तो सहयोग कहाँ पठाऊँ?

काठमाडौँ, भदौ १० गते । रसुवा बाढीका कारण त्रिशुली नदीका १९ भन्दा बढी पुलमा क्षति पुगेको छ । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले हालसम्म कम्तीमा १९ वटा पुलमा क्षति पुगेको बताउनुभयो ।

बुधबार बिहान चीनको सिमानाबाट आएको बाढीका कारण ४० किलोमिटर सडक अवरुद्ध भएको छ । प्रवक्ता न्यौपानेका अनुसार सडक विभागले बाढी प्रभावित क्षेत्रमा आवश्यक मेसिन तथा उपकरण परिचालन गरेको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ ।

भारत, चीन र विश्व बैंकले सोधे, कस्तो सहयोग कहाँ पठाऊँ?

विपतग्रस्त नेपालका बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय थालेका छन्।

बाढीको समाचार बाहिरिएलगत्तै बुधबार बिहान १०ः३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपत्कालीन सहयोगस्वरूप २५ अर्ब रुपियाँसम्म सहयोग गर्न सकिने जानकारी गराउनुभयो।

दक्षिणी छिमेकी मित्रराष्ट्र भारतले बाढीपीडितका लागि तत्काल आवश्यक राहत सामग्री के–के हुन् भन्ने सूची सरकारसमक्ष पठाउन आग्रह गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आजै काठमाडौँ ल्याउने तयारी भइरहेको बताउनुभयो।

यस्तै, उत्तरी छिमेकी मित्रराष्ट्र चीनले पनि तत्काल नगद सहयोग गर्ने भएको छ। त्यसका लागि रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्।

छिमेकी मुलुक र दातृ निकायबाट व्यक्त सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तरसरकारी समन्वय गरी सहयोगको मोडालिटीका विषयमा छलफल गरिरहनुभएको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित गरेपछि घरेलु तथा बाह्य सहयोग जुटाउने बाटो खुलेको हो।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter