विपद्मा केन्द्रित हुने र महाधिवेशन गर्ने सबैथरी जिम्मेवारी कांग्रेसको : विश्वप्रकाश शर्मा

काठमाडौँ, भदौ ११ गते । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रका सबैका लागि दुई जिम्मेवारी रहेको बताएका छन् । सर्वोच्च अदालतले महाधिवेशन मागकर्ताहरूलाई अन्तरिम आदेश नदिएपछि शर्माले बाढीको विपद्मा केन्द्रित हुने र नियमित महाधिवेशन गर्न जिम्मेवारी आएको बताएका हुन्।
‘सबैथरि कांग्रेसजनको ऐक्यबद्ध दुई जिम्मेवारी छ। सबै एक भएर रसुवाको बाढीले खडा गरेको विपद् केन्द्रित जिम्मेवारी पूरा गर्न लाग्ने । पार्टीको १५ औं महाधिवेशनको पुर्वनिर्धारित सेड्युल कार्यान्वयनमा लाग्ने ।’
कांग्रेसले १५ औं महाधिवेशन असोजको १६ देखि १९ गतेका लागि तय गरेको छ । वडा अधिवेशनको मिति २४ भदौ हुने गरी कार्यतालिका बनाइएको छ । संस्थापनले गर्न लागेको नियमित महाधिवेशन रोक्न अल्पकालीन आदेशको माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले अदालतमा निवेदन दिएका थिए ।
सर्वोच्च अदालतले महाधिवेशन रोक्न अल्पकालीन आदेश दिएन । अब महाधिवेशन गर्ने बाटो खुलेको छ ।