कर्णालीको स्याउ बजारमा आएपछि भारतीय स्याउ विस्थापित

सिराज खान / नेपालगन्ज, भदौ १६ गते । कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन भएका अर्गानिक स्याउको बिक्री नेपालगन्ज बजारमा शुरु भएपछि सो स्याउले भारत र चीनबाट आउने स्याउलाई विस्थापित गर्दै बजार लिन सफल भएको छ ।

भारतबाट आयात गरिने स्याउको तुलनामा कर्णाली प्रदेशको जुम्ला, कालीकोट, हुम्ला र मुगुमा फलेका स्वादिष्ट र सस्तो स्याउ अधिकांश उपभोक्ताको रोजाइमा परेकोले भारत र चीनबाट ल्याईएका स्याउको विक्रि करिब बन्द भएको नेपालगन्जका थोक फलफूल व्यवसायी शमसेर राईले बताउनुभयो ।

उहाँका अनुसार भारतबाट ल्याइने फलफूल अति नै मंहगो पर्ने हुँदा ती फलफूलको माग घटेकै बेला कर्णालीको सस्तो र स्वादिष्ट स्याउ बजारमा आएपछि उपभोक्ता उत्साहीत भएका छन् । फलफूल व्यवसायी राईले भन्नुभयो “बाँकेको नेपालगन्ज, कोहलपुर, बर्दियाको गुलरिया, बाँसगढी र राजापुर, दाङको तुलसीपुर, घोराही र लमहीमा मुख्य फलफूल बजारदेखि गल्ली–गल्लीका ठेलासम्म अहिले राताम्मे कर्णाली कै स्याउ देख्न सकिन्छ, सस्तो मूल्य र उत्कृष्ट स्वादका कारण हरेक उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ पर्न थालेको छ ।”

नेपालगन्जका अर्का फलफूल व्यवसायी रमजान कबडियाका अनुसार भारतीय स्याउको तुलनामा कर्णालीको स्याउ निकै सस्तो र गुणस्तरीय भएकाले यसको माग यहाँ उच्च छ । भारतीय स्याउ प्रतिकिलो २५० रुपियाँमा बिक्री भइरहेका बेला कर्णालीको ताजा र अर्गानिक स्याउ किलोको १५० रुपियाँमै मा पाइन्छ । हिमाली हावापानीमा फलेको कर्णालीको स्याउ बढी स्वादिलो हुने भएकाले धेरै उपभोक्ता यसतर्फ आकर्षित भएका हुन् ।

व्यवसायी कबडियाले कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कर्णालीको स्याउ तराईका सहरहरूमा पु¥याउनु ठूलो चुनौती रहेको जनाउँदै तर राजमार्ग बनेपछि किसान र व्यापारी दुबैले सहज रुपमा स्याउ नेपालगन्ज र कोहलपुरमा पु¥याएर बिक्री वितरण गरिरहेको बताउनुभयो । अर्का स्थानीय व्यवसायी इमरान कबडियासँग केही वर्ष अघिसम्म हवाईजहाजबाट नेपालगन्जसम्म स्याउ ढुवानी गरेर बिक्री वितरण गरेको अनुभव छ । त्यतिबेला कमजोर ढुवानी व्यवस्थापनका कारण स्याउको गुणस्तर कायम राख्न मुस्किल थियो ।

उहाँले भन्नुभयो “पहिला बाटो नहुँदा हवाईजहाजबाट नेपालगन्ज ल्याएर बिक्री वितरण गर्नुपथ्र्यो, हवाईजहाजबाट ल्याउँदा स्याउ थिचिने सड्ने जोखिम धेरै हुन्थ्यो, कर्णाली राजमार्ग सञ्चालनमा आएपछि भने ढुवानीमा ठुलो परिवर्तन आएको छ । अहिले जुम्ला बाटै ग्रेडिङ गरेर प्याकिङ भई स्याउ सिधै बाँकेको बजारमा आइपुग्छ ।”

अहिले कर्णालीको रेड डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ स्थानीय बजारमा उपलब्ध छन् । नेपालगन्जको धम्बोझी, कारकाँदो र पुष्पलालचोक क्षेत्रमा कर्णालीका महिलाले फुटकर रुपमा स्याउ बिक्री वितरण गरिरहेका छन् भने ठुलो संख्याका स्थानीय व्यवसायीले ठेला, रिक्सा र पसलमा ती स्याउ बिक्रि गरिरहेका छन् ।

जुम्ला गुठीचौर गाउँपालिका–४ निवासी स्याउ व्यापारी रामप्रसाद न्यौपानेले यो वर्ष कर्णालीको स्याउलाई रुखमै पाक्न दिएर टिपिएकाले थप स्वादिलो रहेको बताउनुभयो । उहाँले चन्दननाथ नगरपालिका–१० गैरागाउँबाट खरिद गरेको ४४३ कार्टुन स्याउ नेपालगन्जको फलफूल बजारमा बिक्री गरेको बताउनुभयो ।

सोही प्रकारले बाँकेको कोहलपुरस्थित कृषि उपज केन्द्रमा दैनिक करिब तीन देखि पाँच टनसम्म कर्णालीको स्याउ विक्री भैरहेको छ । सो केन्द्रका अनुसार जुम्लाबाट व्यापारीहरुले कर्णालीका स्याउ कोहलपुर र नेपालगन्ज पठाउने गरेको र त्यसको व्यापार कोहलपुुर र नेपालगन्जमा निकै फस्टाएको छ ।

भारत र चीनका स्याउले बाजार ओगटिरहेका बेला स्वदेशी स्याउ विक्रि गर्न पाउँदा निकै खुशी लागेको कोहलपुरका व्यवसायी धनिराम ओलीको भनाई छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter