अन्ततः देउवा समूहको मुख्य माग कांग्रेस संस्थापनले पूरा गर्‍यो; देउवा समूहको माग १४औँ महाधिवेशनबाट आएको नेतृत्वले १५ औँ महाधिवेशन गर्न पाउनुपर्ने

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइरालाले राख्दै आएको मुख्य माग कांग्रेसको संस्थापनले पूरा गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले देउवा र कोइराला समूहले राख्दै आएको क्रियाशील सदस्यतालाई डिजिटल्ली अद्यावधिक गर्ने विषय अनिवार्य नगर्न राख्दै आएको माग पूरा गरेको हो।

संस्थापनको यो निर्णयसँगै अब डिजिटल्ली अद्यावधिक नगरेका तर १५औ महाधिवेशनका लागि नवीकरण गरेका क्रियाशील सदस्यहरूले महाधिवेशनमा भाग लिन पाउने भएका छन्।

सभापति गगन थापाले शनिबार साँझ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डाक्टर शेखर कोइरालासँग भेट गरेका थिए। उनीहरूको चाहना बमोजिम कार्यसम्पादन समितिको बैठकबाट यो निर्णय गरिएको एक पदाधिकारीले जानकारी दिए। योसँगै देउवा र कोइराला समूहलाई १५औँ महाधिवेशनमा भाग लिनका लागि दबाब बढेको छ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण गरेका तर अद्यावधिक हुन बाँकी रहेका सदस्यहरूलाई पनि आगामी महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

पार्टीको अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका र निधन भएका बाहेक नवीकरण गरेका तर प्राविधिक कारणले अद्यावधिक हुन नसकेका सबै क्रियाशील सदस्यहरूले १५औँ महाधिवेशनको प्रक्रियामा भाग लिन पाउने चालिसेले बताए । यो निर्णयले पार्टीभित्रका धेरै सदस्यहरूलाई महाधिवेशनको प्रक्रियामा समेट्ने विश्वास आफूहरूले गरेको चालिसेले बताए ।

देउवा समूहले भने अर्को अत्तो अघि सरेको छ । सो समुहका एक नेता डाक्टर प्रकाश शरण महतले पार्टीमा सहमतिका लागि १४औँ महाधिवेशनबाट आएको नेतृत्वले १५ औँ महाधिवेशन गर्न पाउनुपर्ने आफूहरूको मुख्य माग रहेको बताएका छन्। डाक्टर महतले रातोपाटीसँग भने ‘यो निर्णयले मात्रै सहमतिको सम्भावना छैन। हाम्रो मुख्य माग १४औँ महाधिवेशनबाट आएको नेतृत्वले १५ औँ महाधिवेशन गर्नुपर्छ भन्ने हो।सहमतिका लागि यो माग पूरा हुनुपर्छ।’

केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक साेमबार दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित भएको छ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter