सवारी चालक अनुमतिपत्र अब सेवाग्राहीको घरमै पुर्‍याइने, त्रिपक्षीय सम्झौता

काठमाडौँ, असोज ६ गते । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ र वितरण प्रक्रियालाई थप व्यवस्थित, छिटो र सहज बनाउन सरकारका तीन निकायबिच त्रिपक्षीय सम्झौता भएको छ।

यस सम्झौतासँगै अब सेवाग्राहीले आफ्नो लाइसेन्स सम्बन्धित यातायात कार्यालयबाट मात्र नभई आफूले चाहेको ठेगाना (घरमै) प्राप्त गर्न सक्ने भएका छन्।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जाल (फेसबुक) मार्फत यसको जानकारी दिएका हुन्। मन्त्री लम्सालका अनुसार मंगलबार पूर्वाधार विकास मन्त्रालयमा यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबिच उक्त महत्त्वपूर्ण त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार अब यातायात व्यवस्था विभागद्वारा सञ्चालित ‘विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (EDLVRS)’ मार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा पठाइनेछ। उक्त डाटा प्राप्त भएपछि केन्द्रले सोझै लाइसेन्स छपाइको काम गर्नेछ। यसले विगतमा हुने प्राविधिक झन्झट र डाटा आदानप्रदानमा लाग्ने समयको बचत गर्नेछ।

सुरक्षण मुद्रण केन्द्रमा छपाइ भएका लाइसेन्सहरूलाई हुलाक सेवा विभागमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको छ।

मन्त्री लम्सालका अनुसार EDLVRS प्रणालीबाट जारी भएका ती लाइसेन्सहरू सम्बन्धित प्रदेश कार्यालयमा पठाएर त्यहीँबाट वितरण गरिनेछ। यसका साथै, सेवाग्राहीले चाहेको खण्डमा उनीहरूले इच्छाएको ठेगानामा (घरमै) लाइसेन्स पुर्‍याउने व्यवस्थासमेत यसै सम्झौतामार्फत सुनिश्चित गरिएको छ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter