रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान : केन्द्रीय सदस्यहरूलाई फरक–फरक जिल्लाको जिम्मेवारी

काठमाडौँ, असोज १७ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद तथा केन्द्रीय सदस्यहरू केन्द्रित ‘हामी आउँदै छौँ’ अभियान यही असोज २० गतेदेखि सुरु गर्दैछ ।
संगठन विस्तार तथा जनतासँगको पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यका साथ रास्वपाले यो देशव्यापी कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउन पार्टीका सांसदहरू तथा केन्द्रीय सदस्यहरूलाई फरक–फरक जिल्लाको जिम्मेवारी तोकिएको छ । तोकिएका नेताहरूले तोकिएकै जिल्लामा पुगेर कार्यक्रमको नेतृत्व सम्हाल्नेछन् ।
रास्वपाले सांसद र केन्द्रीय सदस्यहरूलाई निर्धारण गरिएका जिल्लाहरूको विस्तृत तालिका समेत तयार गरी सार्वजनिक गरेको छ । यस अभियानमार्फत पार्टीका शीर्ष तथा केन्द्रीय तहका नेताहरू प्रत्यक्ष रूपमा जनतामाझ पुग्नेछन् ।