बन्दसत्रबाट पारित भयाे कांग्रेसको विधान संशोधन प्रस्ताव; सदस्यता र लेवीबाट ११ करोडभन्दा बढी आम्दानी

काठमाडौं, असोज १९ गते । नेपाली कांग्रेसको विधान संशोधन प्रस्ताव बन्द सत्रबाट पारित भएको छ। महाधिवेशन प्रतिनिधि प्रताप पौडेलले उक्त प्रस्ताव पारित भएकाे जानकारी दिए ।

पारित भएको प्रस्ताव अनुसार एक सभापति, एक वरिष्ठ उपसभापति,चार उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री हुनेछन्।

केन्द्रीय कार्यसमिति २३२ सदस्य हुनेछ। जसमा ६१ सदस्य मनोनीत हुनेछन्। उपसभापतिमा एक महिला, एक समावेशी अनिवार्य छ। महामन्त्रीमा एक महिला अनिवार्य छ। सह महामन्त्रीमा ११ जना निर्वाचित भएर आउनेछन् भने ४ जना मनोनीत हुनेछन्।

कांग्रेसको ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी, खर्च ३४ करोड नाघ्यो
नेपाली कांग्रेसले आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्म चार आर्थिक वर्षमा २५ करोड २१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ भने सोही अवधिमा ३४ करोड ६९ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ।

कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार चार वर्षको अवधिमा पार्टीको आम्दानी र खर्चमा उल्लेख्य उतारचढाव देखिएको छ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८–७९ मा कांग्रेसको कुल आम्दानी १४ करोड ८९ लाख ९४ हजार ८६ रुपैयाँ थियो। उक्त वर्ष पार्टीको खर्च १७ करोड ९० लाख ७८ हजार २२१ रुपैयाँ पुगेको थियो।

आर्थिक वर्ष २०७९/८० मा पार्टीको कुल आम्दानी ३ करोड ६४ लाख ७६ हजार २९७ रुपैयाँ र खर्च ७ करोड ९९ लाख ९५ हजार १२१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, आर्थिक वर्ष २०८०र८१ मा कांग्रेसको कुल आम्दानी २ करोड ५९ लाख ८७ हजार ७७५ रुपैयाँ रहेको थियो भने खर्च ४ करोड ९१ लाख ५६ हजार ३७५ रुपैयाँ पुगेको थियो।

आर्थिक वर्ष २०८१र८२ मा भने पार्टीको कुल आम्दानी ३ करोड ८८ लाख १० हजार ६३२ रुपैयाँ र कुल खर्च ३ करोड ८६ लाख ८३ हजार ७७६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।

सदस्यता र लेवीबाट ११ करोडभन्दा बढी आम्दानी

कांग्रेसको नियमित आम्दानीका प्रमुख स्रोतमा सदस्यता, लेवी तथा नवीकरण शुल्क, चन्दा तथा सहयोग, प्रकाशन बिक्री, लगानीबाट प्राप्त आम्दानी र अन्य आय रहेका छन्।

चार आर्थिक वर्षमा सदस्यता, लेवी तथा नवीकरण शुल्कबाट मात्रै ११ करोड ३८ लाख ४ हजार ५१९ रुपैयाँ आम्दानी भएको देखिन्छ। त्यस्तै, चन्दा तथा सहयोगबाट १२ करोड ६७ लाख ५ हजार १७ रुपैयाँभन्दा बढी आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०८१र८२ मा सदस्यता, लेवी तथा नवीकरण शुल्कबाट २ करोड ६५ लाख ४२ हजार ५५ रुपैयाँ आम्दानी भएको थियो। सोही वर्ष चन्दा तथा सहयोगबाट १ करोड १९ लाख १२ हजार १ रुपैयाँभन्दा बढी प्राप्त भएको थियो।

निर्वाचन र अधिवेशनमा ठुलो खर्च

प्रतिवेदनअनुसार कांग्रेसको खर्चका प्रमुख क्षेत्रमध्ये निर्वाचन, अधिवेशन तथा सम्मेलन र कार्यालय सञ्चालन रहेका छन्।

आर्थिक वर्ष २०७८/७९ मा अधिवेशन तथा सम्मेलनका लागि १२ करोड २१ लाख ९७ हजार ७०७ रुपैयाँ खर्च भएको थियो। सोही वर्ष निर्वाचनतर्फ १ करोड १५ लाख ६५ हजार २१० रुपैयाँ खर्च भएको उल्लेख छ।

आर्थिक वर्ष २०७९/८० मा निर्वाचनमा ३ करोड ८८ लाख ५७ हजार ९९३ रुपैयाँ खर्च भएको थियो। उक्त वर्ष कार्यालय सञ्चालनमा ३ करोड २२ लाख ५० हजार ४३२ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०८०/८१ मा कार्यालय सञ्चालन खर्च ४ करोड ५४ लाख ६७ हजार ९०० रुपैयाँ पुगेको थियो भने आर्थिक वर्ष २०८१/८२ मा कार्यालय सञ्चालनका लागि ३ करोड ३५ लाख ३१ हजार ७०७ रुपैयाँ खर्च भएको थियो।

चार वर्षको लेखापरीक्षित विवरण प्रस्तुत गर्दै कोषाध्यक्ष श्रेष्ठले पार्टीको आर्थिक व्यवस्थापनलाई पारदर्शी, जिम्मेवार र संस्थागत बनाउनुपर्नेमा जोड दिएका छन्। प्रतिवेदनमा पार्टीका आर्थिक स्रोतलाई उद्देश्यअनुरूप परिचालन गर्ने तथा प्रत्येक आम्दानी र खर्चको उचित अभिलेख राख्ने विषयलाई प्राथमिकतामा राखिएको उल्लेख छ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter