उच्च अदालतका चार न्यायाधीश सर्वोच्च अदालतमा सिफारिस; वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लको फरक मत

काठमाडौँ, असोज २० गते । न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा सिफारिस गरेको छ ।

न्याय परिषद् स्रोतका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित उच्च अदालतका न्यायाधीशहरु चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सिफारिस गरिएको छ ।

न्यायाधीश सिफारिसमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लको फरक मत

न्यायपरिषद्को सदस्य समेत रहेकी सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च अदालतका चार न्यायाधीश सिफारिसमा असहमतिसहित फरक राय लेखेकी छन् ।

मनोमानी रूपमा न्यायाधीशहरूको नाम छनोट गरिएको र त्यसक्रममा विधि, प्रक्रिया केही पनि नहेरिएको भन्दै उनले फरक मत राखेको न्यायपरिषद् अर्का सदस्यले बताए ।

‘उहाँले यसरी त हुँदैन, बीचबाट नाम छनोट गरेपछि केही न केही आधार त देखाउनुपर्छ भन्नुभयो,’ ती सदस्यले भने, ‘हामीले उहाँहरूको नाम चयन गर्ने, तर केही पनि आधार देखाउन नसक्ने हो भने मेरो सहमति रहँदैन भनेर फरक मत लेख्नुभयो ।’ न्यायपरिषद्का ती सदस्यका अनुसार, न्यायाधीश प्रधानले चारवटा आधार देखाएर फरक मत राखेकी थिइन् ।

पहिलो, संविधान, ऐन तथा न्यायका मूल्यमान्यता विपरीत नामहरू सिफारिस गर्न खोजिएको भनेर उनले फरक मत राखेकी हुन् ।

दोस्रो, सिफारिसका क्रममा पारदर्शी, वस्तुपरक र विश्वासिलो आधार दिन नसकेको भन्नेमा उनको विमति थियो ।

तेस्रो, लामो समयदेखि जिल्ला न्यायाधीशबाट बढोत्तरी हुँदै आएका, जेष्ठताक्रममा रहेकालाई छाडेर अरुलाई चयन गर्नु अपरिपक्क र विवादरहित नहुने उनको राय दियो ।

चौथो, सिफारिसका क्रममा अधिकतम समावेशीपनको प्रयास भएको थिएन भने कानुन व्यवसायी समुदाय र नेपाल बार एशोसिएसनलाई पुरै बेवास्ता भएको थियो ।

‘यसरी गर्ने सिफारिसमा मेरो सहमति हुँदैन भनेर उहाँले आफ्नै राय लेख्नुभयो,’ ती सदस्यले भने, ‘उहाँको फरक मतका बाबजुद बाँकी सबैले एकमत भएर चारजनाको नाम सिफारिस गरेका हौं ।’

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter