दसैँमा नयाँ पैसा लिन सजिलो, एटिएमबाटै १०० रुपियाँका नोट

काठमाडौँ, असोज २१ गते । नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ ।

राष्ट्र बैङ्कको निर्देशनसँगै केही बैङ्क तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटिएमबाट १०० रुपियाँका नोट वितरण गर्न थालेका छन् ।

नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वलाई लक्षित गरेर राष्ट्र बैङ्क र वाणिज्य बैङ्कबाट सुकिला तथा सफा नोट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

“एकातर्फ पैसा सटही गर्ने काम दैनिक गर्नुपर्ने नियमित काम जस्तै हो । यसलाई सूचना नै निकालेर गरिरहनुपर्छ भन्ने छैन,” उहाँले भन्नुभयो, “चाडपर्वकै मुखमा भोटेकोशी बाढीले ठूलो जनधनको क्षति भएकाले पनि राष्ट्र बैङ्कले दसैँ मनाउन भनी सूचना जारी गर्न उपयुक्त देखिएन । हामीले यो ढङ्गले गर्न लागेका हौँ ।”

प्रवक्ता पौडेलका अनुसार असोज १ गतेदेखि राष्ट्र बैङ्कको थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैङ्कबाट सुकिला र सफा नोट वितरण भइरहेको छ ।

उहाँले विगत चार–पाँच वर्षदेखि चाडपर्व लक्षित गरेर नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्ने प्रयास भइरहेको बताउनुभयो ।

“गत भदौ ३१ गतेसम्म सात खर्ब ९४ अर्ब रुपियाँ करेन्सी इन सर्कुलेसन भएको छ । सो रकमको करिब आठदेखि १० प्रतिशतसम्म दसैँमा वृद्धि हुने अनुमान गरेका छौँ,” उहाँले भन्नुभयो । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter