नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो

काठमाडौँ, असोज २८ गते । यस वर्षको मनसुन बुधबारदेखि नेपालका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलोगरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो ।
मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले बताएको छ ।