प्रधानमन्त्री शाहद्वारा एनपिएल तेस्रो संस्करणको उद्घाटन; डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सको विजयी सुरुवात

काठमाडौँ / कात्तिक ९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गर्नुभएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरर्राष्ट्रिय क्रिकेट मैदानमा उहाँले अम्पायरलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

एनपिएल ३ मा च्याम्पियन लुम्बिनी लायन्सको विजयी सुरुवात

उपाधि रक्षा अभियानमा रहेको लुम्बिनी लाइन्सले सोमबार पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएर तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा शानदार सुरुवात गरेको छ । गत वर्ष लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्सलाई नै फाइनलमा निराश पारेर च्याम्पियन बनेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १७ं.२ ओभरमै ८७ रनमा अलआउट भएको थियो । लुम्बिनीले ९.५ ओभरमै ८८ रन बनाएर सजिलै लक्ष्य प्राप्त गर्यो । गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई पाँच बलअघि नै ८५ रनमै सीमित पारेको थियो ।

तेज बलर किशोर महतो र लेग स्पीनर शेर मल्लले मिलेर सात विकेट लिएपछि लुम्बिनीको पालि धराशायी भएको हो । चौथो ओभरको पहिलो बलमा विनोद भण्डारीलाई नौ रनमा एलबीडब्ल्यूको धरापमा पारेर मल्ल एनपिएल ३ मा विकेट लिने पहिलो बलर बन्नुभयो ।

त्यसपछि किशोरले दसशीर्ष क्रमलाई ध्वस्त पारेपछि सुदूरपश्चिमले कुनै पनि समय राम्रो साझेदारी बनाउन सकेन । किशोरले पाँचौँ ओभरमा आरिफ शेख र नेदरल्यान्ड्सका ब्रेन्डन म्याकमुलेनलाई आउट गरेपछि सुदूरपश्चिम दबाबमा परेको हो । आरिफ छ बलको सामना गरेर शुन्यमा आउट हुनुभयो । दुई बलपछि किशोरले म्याकमुलनलाई दुई रनमा बोल्ड गर्नुभयो ।

दोस्रो स्पेलमा बलिङ गर्न फर्किएपछि पनि किशोरले एकै ओभरमा दुई ब्याट्सम्यनलाई पभेलियन फर्काउनुभयो । किशोरले १३ औँ ओभरमा कप्तान दिपेन्द्रसिंह ऐरी र हमेन्त धामी (०) लाई लगातार बलमा बोल्ड आउट गर्नुभएको हो । अविनाश बोहराले किशोरलाई ह्याट्रिकबाट रोक्नुभयो । दिपेन्द्रले आउट हुनुअघि सुदुरपश्चिमका लागि सर्वाधिक २७ रन बनाउनुभयो । उहाँको २३ बलको पालिमा दुई चौका सामेल थियो । अनिल खरेल २६ बलमा १५ रन बनाएर अविजित रहनुभयो । सुुदूरपश्चिमको पालिमा एक छक्का पनि प्रहार भएन ।

लुम्बिनीका जवाफमा अस्ट्रेलियाली ब्याट्सम्यान डार्सी सर्टले पहिलो बलमै छक्का प्रहार गर्नुभएको थियो थियो । सर्टले १८ बलमै चार चौका र तीन छक्कासहित ४० रन बनाएपछि लुम्बिनीको जित थप सहज बन्यो । त्यसपछि जनकपुर बोल्ट्सबाट लुम्बिनी पुगेका आसिफ शेख २५ बलमा ३२ रन बनाएर आउट हुनुभयो ।

उहाँले दुई चौका र दुई छक्का प्रहार गर्नुभयो । श्रीलङ्काली विकेटकिपर ब्याट्सम्यान निरोसन डिकवेला सात रनमा दिपेन्द्रको बलिङमा बोल्ड भएपछि लुम्बिनीले तेस्रो विकेट गुमायो । त्यसपछ समि हुसेनले अविजित एक र रोहितले पाँच रन बनाएर लुम्बिनीलाई जित दिलाउनुभयो । मङगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर किङसले चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्ले कर्णाली याक्सको साना गर्नेछ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter